परासी, २२ कार्तिक । प्रहरीले सनिवार जिल्लाको विभिन्न ठाउँबाट २ लाख ३८ हजार ९ सय मुल्य बराबर बिभिन्न अवैध मालसामान बरामद गरेको छ । दिउँसो १३.३० बजेको समयमा भारतबाट नेपाल तर्फ भन्सार छली अवैध रुपमा ल्याउदै गरेको अं. १ लाख २ हजार १ सय मुल्य बराबरको थान कपडा, लेडिज सुट, तन्ना, लाहा छाप लगायतका सामान सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले सरावल गाउँपालिका वडा नं. ७ बुलन्दपुर बाट बरामद गरेको छ ।
त्यसैगरी दिउँसो १४.३० बजेको समयमा भारतबाट नेपाल तर्फ भन्सार छली अवैध रुपमा ल्याउदै गरेको अं. १ लाख ३६ हजार ८ सय मुल्य बराबरको थान कपडा, लेडिज सुट, तन्ना, लाहा छाप सेन्डो भेष्ट, थान कपडा, साडी, Head phone, Key pad मोबाईल , बुफर, मेमोरी कार्ड, , Card Reader लगायतका सामान सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले सरावल गाउँपालिका वडा नं. ७ बुलन्दपुरबाट नै बरामद गरेको छ । बरामद सम्पुर्ण सामान आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको छ ।