परासी, २२ कार्तिक । नवलपरासीमा सय जनाले विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पार्टीको विचार र सिद्धान्तलाई आत्मसात गर्दै जिल्लाका नेकपा, जसपा र स्वतन्त्र राजनितिक समुहलाई परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली काङ्ग्रेस सुस्ता–५,पकलिहवा इकाइ समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा सयजनाले नेपाली काङ्ग्रेस पार्टीमा प्रवेश गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि पार्टीका नेता संविधानसभा सदस्य देवकरण कलवारले ति नव प्रवेशी कार्यकर्ताहरुलाई टिका, फुलको माला र खादा लगाई पार्टीमा प्रवेश गराउदै स्वागत पनि गरेका हुन् ।

नेका इकाई सभापति राधेश्याम कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेता संविधानसभा सदस्य देवकरण कलवार सन्तुले अहिलेको सरकार भ्रष्टाचारमा लिप्त भएको र लाचार भएको आरोप लगाए । नेता कलवारले भने, नेकपाको सरकार आफनो काम कर्तब्य विर्सेर भ्रष्टाचार र अनियमिततामा लिप्त भएपछि यस देशले कसरी समृद्धि पाउला भनि चिन्ता समेत व्यक्त गरे । उनले भने, सरकारको यहि रवैयाले कसरी खुशी नेपाली र समृद्ध नेपाल बन्ला भनि प्रश्न पनि गरे ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र १ का क्षेत्रिय सभापति मुकुल आचार्य, विशिष्ट अतिथि प्रतिनिधिसभा क्षेत्र २ का क्षेत्रिय सभापति एवं रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ता, जिल्ला नेता उमेश चन्द्र यादव, महिला नेत्रृ आराधना भट्ट, सुस्ता ५ का वडा अध्यक्ष प्रभुनाथ यादव, जिल्ला समव्य समिति सदस्य कृष्ण बहादुर थापा, तरुणदलका क्षेत्रिय सभापति सतिशचन्द कुर्मी, तरुणदल जिल्ला सदस्य संजित शर्मा, स्थानिय नेता ओम प्रकाश जयसवाल, स्थानिय नेता श्रिनेवास कुर्मी, हस्मुदिन शेख, रबिन्द्र जयसवाल, आदम खान, सन्तोष कुमार यादव लगायले कम्युनिष्ट सरकारले जनतालाई दुख मात्र दिएको भन्दै यस सरकारबाट जनता थप पिडित बन्दै गएको बताए ।

