४० लाख रुपैया सहित नवलपरासीको ब्यास गुप्ता काठमाडौबाट पक्राउ

काठमाडौं, २१ कार्तिक । स्रोत नखुलेको ४० लाखसहित नवलपरासी (बर्दघाट सुस्तापश्चिम) पाल्हीनन्दन गाउँपालिका–२ का व्यास गुप्ता पक्राउ परेका छन् । बुटवलबाट आएको रात्रीबसका यात्रुको सरसामान जाँच गर्ने क्रममा गुप्ताबाट उक्त रकम बरामद गरेको प्रहरीले जनाएको छ।

चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा शुक्रबार यात्रुका सामान जाँच्दा स्रोत नखुलेको उक्त रकमसहित गुप्तालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही सुरु गरिएको नागढुङ्गास्थित महानगरीय प्रहरी प्रभागले जनाएको छ । 

annapurna post

यसैबीच काठमाडौं महानगरपालिका–३२ कोटेश्वर सङ्गमबस्तीबाट लागुऔषध ब्राउन सुगरसहित तीन युवक पक्राउ परेको नयाँ बानेश्वरस्थित महानगरीय प्रहरी वृत्तले बताएको छ । साभार@अन्नपूर्ण पोष्ट

Related articles

लकडाउनले हुलाकी सडक, सुस्ता झोलुङ्गे पुल सहित एकदर्जन राष्ट्रिय योजना प्रावित

परासी, २० बैशाख । लकडाउनमा जिल्लाको दर्जनाें भौतिक पुर्वाधारका योजनाहरु प्रभावित बनेका छन् । विश्वभरि माहामारीका रुपमा फैलिरहेको क्रोना भाईरसको संक्रमण रोकथामका लागि देश लकडाउनले गर्दा जिल्लाको एक दर्जन बढि राष्ट्रिय पुर्वाधारका योजनाहरु प्रभावित बनेका छन् । जिल्लामा सदरमुकाम विकास कार्यक्रम अन्तर्गत फोरलेनको बाटो निर्माण र व्यस्थित हाटबजारका योजना प्रभावित बनेको छ भने यता हुलाकी […]

सुनवल नगरपालिकाको दोश्रो स्थापना दिवस मनाईदै प्रशासनिक कार्यालय भवनको सिलन्यास

परासी, २७ फागुन । पश्चिमी नवलपरासीको सुनवल नगरपालिकाले दोश्रो स्थापना दिनव मनाउदै प्रशासनिक कार्यालय भवनको सिलन्यास गरेको छ । नगरपालिका प्रमुख भिम बहादुर थापाक्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश ५ को भौतिक तथा पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले विरुवामा पानी हालेर कार्यक्रमको उद्दघाटन गर्दै ३० करोडमा निर्माण हुन लागेको साढेतिन तल्ले प्रसासकिन कार्यालय भवनको सिलन्यास गरेका […]