कालीगण्डकी करिडोरमा सुख्खा पहिरो, ५ मजदुरको मृत्यु

कावासोती, २० कात्तिक। नवलपुरको  बुलिङ्टार गाउँपालिकामा सुख्खा पहिरोमा पुरिएका पाँच जनाको मृत्यु भएको छ । कालीगण्डकी करिडोरको नवलपुर खण्डमा कार्यरत पाँच जना मजदुरहरुको पहिरोमा पुरिएर मृत्यु भएको हो । सडकखण्डमा ग्याबिनमा ढुंगा भरिरहेको बेला आज साँझ माथिबाट खसेको पहिरोमा मजदुरहरु पुरिएका थिए ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लका अनुसार मृत्यु हुनेहरु सबै  बुलिङटार–४ का बासिन्दा हुन् । मृत्यु हुनेमा २० वर्षीय गोपाल गरञ्जा, चेतबहादुर अस्लामी मगर र ताराबहादुर लुंगेली तथा २८ वर्षीय तुलबहादुर सारु र ४२ वर्षीय सुनबहादुर पुलामी रहेको मल्लले जानकारी दिए ।

पहिरोमा पुरिएका पाँचै जनाको शव इलाका प्रहरी कार्यालय बुलिङ्टारको टोली  र स्थानीयले बाहिर निकालेका थिए । पहिरोमा पुरिएर २१ वर्षीय कृष्ण लुंगेली र १९ वर्षीय केवल सिंह लुंगेली मगर घाइते भएका छन् । उनीहरुलाई करिडोरमै कार्यरत अन्य मजदुरहरुले उद्धार गरेका थिए । उनीहरु दुवै जनाको चितवनको भरतपुरमा उपचार भइरहेको छ ।@onlinekhbar.com

Related articles

कहाँ हरायो पशुपतिनाथ मन्दिरको २३२ रोपनी जग्गा ?

काठमाडाै, २३ जेठ । पशुपतिनाथ क्षेत्रको २३२ रोपनी जग्गाको अवस्थाबारे जानकारी नरहेको पाइएको छ ।  सरकारले गठन गरेको पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानबिन समितिले १० महिना लामो अध्ययनपछि तयार पारेको प्रतिवेदनमा पशुपति क्षेत्र विकास कोषअन्र्तगत रहेको २३१ रोपनी १० आना एक दाम साबिक दर्ता प्रमाणित हुन बाँकी रहेको उल्लेख छ । […]

सुस्ताबासी भन्छन् ‘‘हामीसंग नागरिकता र पुर्जा नभएकै कारण सुस्ता भुमीमा भारतीले आँखा धाँसेको छ”

परासी, १७ चैत । सुस्ता भुमी बचाउनका लागि मरिमेटिन सुस्ताबासी अहिलेसम्म नेपाली नागरिकता नपाएको दुख व्यक्त गरेका छन् । सुस्ता भुमी जोगाउन सुस्ताबासी बर्षेनी भारतीय एसएसबी र भारतीय पक्ष संग लडदै आएका छन् तर आजसम्म उनीहरु संग नागरिकता नभएकाले उनीहरु आफनो पहिचना बन्न सकेको छैन । २०२२ सालदेखि सुस्तामा बसोबास गरिरहेका सुस्ताबासीहरु २०२४ सालमा ३६ […]