नेपाली कांग्रेसद्धारा रामग्राम नगर सभापति स्वः नारायण रेग्मीको श्रद्धान्जी

0
332

परासी, १८ कार्तिक । नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र २ को क्षेत्रिय कार्यसमितिको आयोजनामा नेका रामग्राम नगर सभापति स्वः नारायण रेग्मीको श्रद्धान्जी गरिएको छ । आज उहाँको १३ आंै दिनको पुण्य तिथिमा क्षेत्रिय कार्यसमितिले आयोजना गरेको श्रद्धान्जली कार्यक्रममा उहाँको आत्माको चिरशान्तीको कामना गर्दै श्रद्धान्जी गरिएको हो ।

क्षेत्रिय सभापति एवं रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको अध्यक्षता तथा नेपाली कांग्रेसका उपसभापति अर्जुन कुमार पोख्रेलको प्रमुख आतिथ्यतामा सो श्रद्धान्जीली कार्यक्रम सम्पन्न भएको हो ।

श्रद्धान्जली कार्यक्रममा क्षेत्रिय सभापति नरेन्द्र कुमार गुप्ता, प्रमुख अतिथि नेपाली कांग्रेसका उप सभापति अर्जुन कुमार पोख्रेल, नेपाली कांग्रेसका जिल्ला सचिव विक्रम यादव, नेका महासमिति सदस्य एवं सुनवल नगरपालिका नगर प्रमुख भिम बहादुर थापाक्षेत्री, नेका प्रतिनिधि सभा क्षेत्र २ को ख प्रदेश क्षेत्रका सभापति दिनेशमणि पटेल, महिला नेत्री अराधना भट्ट, नेता समाजसेवी गिरीराज पाण्डे लगायतले शोक मन्तब्य राखेका थिए । श्रद्धान्जली कार्यक्रममा पार्टीका अगुवा कार्यकर्ता र समाजसेवीहरूकाे उपस्तिथी रहेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here