सांसद कण्डेलद्वारा दशैकाे शुभकामना व्यक्त

परासी,८ कार्तिक। नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य देबेन्द्रराज कण्डेलले नेपालीहरुको महान् चाड बडा दशैं –२०७७ काे अवसरमा सम्पूर्ण नेपालीको जीवनमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

कण्डेलले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदी बहिनीहरूमा महान चाड बड़ा दशै ,दिपावली , छठ पर्व तथा मुस्लिम धर्मावलम्बीको पर्व माेहम्मद जयन्तीको हार्दिक सुभकामना व्यक्त गर्नुभएको हाे ।

वहाँले देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनीहरुमा बडा दशैकाे अवसरमा सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना ब्यक्त गर्दै समाजिक दुरी कायम गरी सतर्कता अपनाइ तडकभडक नगरी दशै मनाऔ अनुरोध गर्नुभएको हाे।

यस वर्ष बिश्व नै कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा नेपालमा पनि यसको प्रभाव परेको बताउदै कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन हामी स्वयं आफ्नो स्वास्थ्य प्रति सजग हुनु पर्ने बताउनुभयो।

त्यस्तै नेपाली काङ्ग्रेस महासमिति सदस्य मन्जु कण्डेलले दसैं, तिहार, छठ, नेपाल संवत् लगायतका नेपाली जनसमुदायका चाडपर्वहरुको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

पर्वहरुकाे अवसरमा सुख, शान्ति र समृद्धिका साथै आपसी सद्भाव र भाइचाराको विकासबाट समृद्ध, समुन्नत र सभ्य समाजको आकांक्षा पूरा होस् भनी हार्दिक शुभकामना व्यक्त गर्नुभएको हाे।

डा. बिनाेद निता कण्डेल अाँखा अस्पताल नवलपरासीको अध्यक्ष समेत रहनु भएकी मन्जु कण्डेललेले यश वर्ष बिश्व नै कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा कोरोना भाइरसको संक्रमणबाट अाफु पनि बाचाै र अरुलाई पनि बचाउ र सावधानी पुर्वक चाडपर्व मनाउन अाग्रह गर्नुभएको हाे।

Related articles

मदरसा भवनको सिलन्यास

परासी, ८ बैशाख । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका 15 डिघवलमा मदरसा भवनको सिलन्यास भएको छ।मदरसा अरेबिया अहलेसुन्न्त कमरुल ओलुमको आयोजना भएको २ कोठे भवनको कार्यक्रमका प्रमुख अतिथि एव नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य सान्सद देबेन्द्रराज कंडेलले सिलन्यास गरेका हुन। नेता कन्डेलले पाएको आफ्नो सांसद निर्वाचन छेत्र बिकासको लागि ४ करोड बजेट मध्ये १५ लाख रुपैया उक्त […]

बिउ र मलखादको सहज व्यवस्था मिलाउन प्रदेश सभासद् जयसवालको माग

परासी, १३ बैशाख : धानलगायत अन्य तरकारी र अन्नबाली लगाउने सिजन सुरु भइसकेको भन्दै प्रदेश ५ का सभासद् बैजनाथ जयसवालले कृषि कार्यलाई सहज बनाउन सरकारसँग माग गरेका छन् । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. २ (ख) बाट निर्वाचित सभासद् जैसवालले लकडाउनका कारण किसानहरु घर बाहिर निस्कन नसकेको अवस्थामा उनीहरुलाई आवश्यक पर्ने बिउबिजन र मलखाद घरमै […]