ऐतिहासिक पाल्हीभगवती मन्दिरमा बृहत सरसफाई

0
215

परासी ६ कार्तिक । पश्चिम नवलपरासीमा बिजया दशमीको अवसरमा एक ऐतिहासिक मन्दिरमा सरसफाई बृहत गरिएको छ । पाल्हीनन्दन गाउँपालिकाको वडानं ४मा अवस्थित रहेको ऐतिहासिक पाल्ही भगवती मन्दिरमा बृहत सरसफाई गरिएको हो । मन्दिर भित्र वरिपरि लगायतको क्षेत्रमा सुरक्षाकर्मी र स्थानियहरुले बृहत सरसफाई गरेका छन ।

पाल्हीनन्दन गाउँपालिकाको बिशेष पहलमा नेपाल प्रहरी,सशस्त्र प्रहरी, नेपाली सेना, स्थानिय र गाउँपालिकाको नगरप्रहरी कर्मचारीहरुले मन्दिरको क्षेत्र भित्र र वरिपरी पूर्ण रुपमा बृहत सररफाई गरिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दिनेश गौडले जानकारी दिए ।

उनको अनुसार गाउँपालिकाले फोहोर व्यवस्थापनको लागि मन्दिर तीन वटा डस्बीन प्रदान गरेको र थप दुई डस्बीन मन्दिरलाई दिने आवश्वन दिएको गौडले बताए । गाउँपालिकाले सरसफाई सम्बन्धी सामाग्री समेत प्रदान गरिएको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता दिपकले बताए ।

मन्दिरलाई थप ऐतिहासिक पर्यटकीय क्षेत्रको बिकासको निम्तीको लागि गाउँपालिकाले ६० लाखमा लगतमा धर्मशाल निमार्ण र थप बजेट बिनीयोजन गरी यस क्षेत्रलाई गाउँपालिको ऐतिहासिक पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

बिशेष गरी सतमी र नवरात्रीमा उक्त मन्दिरमा ठूलो भक्तजनहरुको घूईचो लाग्ने गरेको छ । पाल्हीभगवती मन्दिरमा बिषेश गरी मन्दिरमा सतमी फूलपाती चठाउने झजनहरुको ठूलो सख्या घूईचो लाग्ने गरेको र नवरात्रीमा बिशेष गरी उक्त मन्दिर बली दिने भक्तजनहरुको घुईचो हुने गरेको पाल्हीभगवती मन्दिर व्यवस्थापन समितीका अध्यक्ष एव पूर्व गृहराज्यमन्त्री सघिय सासद देबेन्द्रराज काण्डेलले बताए ।

प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकको अध्यक्षता तथा पूर्व गृहराज्यमन्त्री तथा सघिय सासद देबेन्द्रराज काण्डेलको प्रमुख आतिथ्यतामा भएको सरसफाई कार्यक्रममा लुम्बिनी प्रदेश सासद बैजनाथ जैसवाल, गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्तादिपक,जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अजय केसी र स्थानियबासीहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here