उद्योग वाणिज्य महासंघको केन्द्रीय उपाध्यक्षमा गुणनिधि तिवारीकाे उम्मेदवारी दर्ता

0
292

परासी, ६ कात्तिक । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला /नगर केन्द्रीय उपाध्यक्ष पदमा नवलपरासी उद्योग वाणिज्य संघले संघका सल्लाहकार गुणनिधि तिवारीलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । 

संघका अध्यक्ष केशव भण्डारीको अध्यक्षता आज बसेको संघको बैठकले महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष समेत रहनुभएका तिवारीलाई केन्द्रीय उपाध्यक्ष पदका लागि सिफारिस गरेको हो । आजै अनलाइन मार्फत तिवारीको मनोनयन समेत दर्ता गरिएको संघका महासचिव गिरीराज पाण्डेले बताए ।  तिवारीले वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहबाट जिल्ला नगर उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हु । 

तिवारी यसअघि महासंघमा पटकपटक केन्द्रीय सदस्य रहदैँ पछिल्लो पटक लुम्बिनी प्रदेशको अध्यक्ष हुनुहुन्छ।  महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here