नवलपरासीमा तस्करी बढयो : एकदिनमा मात्रै १५ लाख ५० हजारको मालसमान बरामद

परासी, ५ कार्तिक । पश्चिम नवलपरासीमा तस्करी मौलाएको छ । चाँडबाडलाई लक्षित गरि तस्करहरु अवैध नाका प्रयोग गरि विभिन्न सर–सामानको चोरी तस्करीमा भिडेका छन् । तस्करहरु कपडालत्ता, हार्डवेय ईलेक्ट्रिक सामाग्री, खाद्यान्न, मटर ईलाइची लगायतका सर–समानहरुको व्यापक चोरी तस्करी गर्दै आएका छन् ।

उक्त तस्करी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय र शसस्त्र प्रहरी बल नेपाल नं. २६ गणले कडा निगरानी बढाएपनि सिमा क्षेत्रमा मातहतका प्रहरी चौकी र शसस्त्र बिओपीहरुको सेटिङ्गमा व्यापक तस्करी भैरहेको स्थानियले गुनासो गरेका छन् । सिमा स्थितका केहि प्रहरी चौकी, केहि शसस्त्र प्रहरी बिओपी र घुवा प्रहरीहरु आर्थिक प्रलोभनमा परि उक्त तस्करी गराउदै आएको व्यापक गुनासो बढेको पाइएको छ ।

यतिबेला जिल्लामा तस्करी न्युनिकरण गर्न प्रहरी र शसस्त्र प्रहरीका प्रमुखहरु विभिन्न संयत्र अपनाई लागिपरेपनि सिमा क्षेत्रमा खटिने सुरक्षाकहरुर्मीले बदमासी गरेपछि उक्त तस्करी नियन्त्रणमा थप चुनौती थपिएको छ । जिल्लाको सुस्ता, बलिनगर, बहुवार, झुल्नीपुर, बसैया, धर्माैली, हर्कपुरा र रगरगंज लगायतका नाकाहरुमा चोरी तस्करी बढेको पाइएको छ ।

यहि कार्तिक ३ गते सोमबारका दिन तस्करीकै क्रममा ईलाका प्रहरी कार्यालय बर्दघाटले पुर्वपश्मि राजमार्ग अन्तर्गत बर्दघाटको टिसिएन चोकबाट एक कार सहित २ लाख ५७ हजार ४ सय मुल्य बराबरको अवैध कपडालत्ताहरु बरामद ग¥यो । प्रहरीले बा ६ च ५४०८ नम्बरको कार चेकजाँच गर्दा कारमा भन्सार छली गरि खचाखच भरिएको ज्याकेट, ट्राउजर, सर्ट पाईन्ट लगायतका कपडालत्ताहरु थियो । प्रहरीले बरामद कपडालत्ता र कार आवश्यक कार्वाहीको लागि महेसपुर भन्सार कार्यालय पठाएको जनाएको छ ।

त्यस्तै तस्करीकै क्रममा सोमबारै फेरि पनि बर्दघाट प्रहरीकै टोलीले १ लाख २४ हजार २ सय मुल्यबराबरको प्याज, मसुरो, घाँसको बिउ, तोरीको बिउ लगायतका अवैध सामान बर्दघाट १० भुतहा चोकबाट बरामद ग¥यो । यता सिमा प्रहरी चौकीले पनि सोमबारै पाल्हीनन्दन १ झरही खोलाबाट ६८ हजार ७ सय मुल्य बराबरको पित्तलको दियो, कचौरा, सिल्भरको जग, कालो प्लाष्टिक लगायतका सामान बरामद ग¥यो ।

एक दिनमा मात्र प्रहरीले १५ लाख ५० हजार ३ सय मुल्य बराबर अवैध मालसामान बरामद गरि आवश्यक कार्वाहीका लागि महेसपुर भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक राजु लामाले जानकारी दिनु भयो ।

यत्रो मात्रामा भैरहेको चोरी तस्करी सेटिङ्गमा नहुने हो भने तस्करलाई आँट आउन गाहे नै हुन्छ । यि बरामद मालसमानले तस्करीलाई प्रमाणित गर्दै सिमामा खटिएका सुरक्षाकर्मीको लापरवाही वा बदमासीलाई पनि प्रमाणित गर्दछ । यसतर्फ पनि प्रहरी तथा शसस्त्र प्रहरीका प्रमुखहरुको ध्यान पुग्न जरुरी छ ।

Related articles

नवलपुर बस दुर्घटनामा परि एघार जना घाइते

नवलपुर, १० कार्तिक । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा आज बिहान ५ बजे बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।  बर्दियाबाट काठमाडौंका लागि छुटेको ना६ख ८४३९ नं को बस सडक छेउमा रोकिराखेको ना६ख ५९२ नं को ट्रकमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनमा परी घाइते भएका ११ जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको […]

गैडाकोटमा ‘फन पार्क’,विदेशको कमाइ स्वदेशमा लगानी

चितवन,चैत ५ । नवलपुरको गैडाकोटमा आजदेखि ‘फन पार्क’ संचालनमा आएको छ । लामो समय विदेशमा बसेर काम गरेका गैडाकोट नगरपालिका ५ का लक्ष्मी प्रसाद सापकोटा र नारायण प्रसाद सापकोटाले ‘फन पार्क’ संचालनमा ल्याएका हुन् । ‘फन पार्क’को आज एक कार्यक्रमका विच गैडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेल र उपप्रमुख विष्णुकुमारी कंडेलले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । कार्यक्रममा […]