उखुको १८ करोड भुक्तानी किसानले अझै पाएनन : पैसा नभएपछि दशैं तिहार मनाउन समस्या

0
379

परासी, ५ कार्तिक । चाँडबाडमा पनि उखुको भुक्तानी नपाएपछि नवलपरासीका उखु किसानहरु निराश भएका छन् । तिनबर्षदेखि लागातर भुक्तानीको आश्वासन मात्र पाईरहेका किसानहरु यसबर्षको चाँडबाड दशंै तिहारमा पनि भुक्तानी नपाएपछि पिरमर्कामा परेको बताउछन । उता ४ महिनाको लकडाउनमा ऋण सापटी खोजेर बल्लतल्ल आफनो घर–व्यवहार मिलाए तर अहिले दशंै तिहार मनाउन र गहुँमुसुरो तोरीको खेती समेत गर्न पैसा नभएपछि उखु किसानहरु थप चिन्तित बनेका उखु किसान राम प्रसाद पालले बताउनु भयो ।

उखु किसानहरु मिललाई एक महिनाका लागि मात्र उधारोमा दिए तर मिलहरुले बन्दाबन्दी, लकडाउन, क्रोना लगायतका बहाना देखाउदै आलटाल गर्दै तिनबर्षसम्ममा पनि भुक्तानी नदिएको पालले गुनासो गर्नु भयो ।
जिल्लामा बागमति खाडसारी चिनीमिल, ईन्दिरा सुगर ईण्डष्ट्रिज, लुम्बिनी चिनि मिल गरि ३ ठुला चिनी मिल संचालनमा छन् तर गतबर्ष बागमति बाहेक ईन्दिरा र लुम्बिनी चिनी मिलले मिल नै संचालन गरेनन् । बागमति चिनी मिलले क्रमशंै उखुको भुक्तानी गरेपनि विगत तिनबर्षदेखि लुम्बिनी र ईन्दिरा सुगर मिलले किसानहरुलाई भु्क्तानीमा आलटाल गर्दै आएका छन् ।

उखु किसानहरुले इन्दिरा सुगर मिलबाट ८ करोड, लुम्बिनी चिनीमिलबाट १० करोड गरि अझै १८ करोड रुपैया भुक्तानी पाउन पर्नेछ तर मिल संचालकहरु भाग्दै लुक्दै विभिन्न बहानामा भुक्तानी गर्न आलटाल गर्दै आएको उखु उत्पादक कृषक संघका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिनु भयो ।

अहिले किसानहरुको घरमा पैसा छैन । लामो समयको लकडाउनका कारण बजारमा पैसा नभएकाले किसानहरु कसैबाट सापटी वा ऋण पनि पाईरहेका छैनन । दशंै तिहार लगायतका चाँडबाड आयो साथै हिउदे बाली लगाउने बेला पनि आयो तर पैसा आएन किसानहरु कसरी घर–व्यवहार मिलाउने र खेतीपाती गर्छन भन्ने दुख किसानहरुको रहेको छ ।

भुक्तानीको यस्तै रवैयाका कारणे किसानहरु उखु खेती छाडदै गएका छन् । पहिला जिल्लामा कुल साढे ७ हजार हेक्टर क्षेत्रफलमा उखु खेति हुदै आएको थियो तर हाल जम्मा ५ हजार हेक्टरक्षेत्रफलमा मात्र उखु खेती भएको पाइएको संघले जनाएको छ । जसमा जम्मा एक हजार किसानहरु मात्र आवद्ध रहेका छन् । सरकारले उखुको समर्थन मुल्य ५३६ रुपैया प्रति क्वीन्टल तोकेपनि मिलहरु तयार सो मुल्य तिर्न तयार नरहेकाले भुक्तनीमा थप ढिलाई भैरहेको संघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here