परासी, ३० असोज । नवलपरासीको रामग्रामनगरपालिकामा सुरक्षित नागरिक आवास कार्यक्रम संचालनमा आएको छ । शहरी विकासमन्त्रालयले देशभरकै स्थानिय तहमा असुरक्षित रुपमा बसोबास गर्दै आएका गरिब तथा विपन्न घरपरिवारको असुरक्षित घरलाई व्यस्थित बनाउन उक्त कार्यक्रम संचालनमा ल्याएको छ ।
यसकार्यक्रममा स्थानिय तहहरुले आफनो नगर÷गाउँपालिका भित्र रहेको खर, फुस, पराल, टाटीर खपडा लगायतका घरहरुलाई व्यस्थित सुरक्षित गर्न योे कार्यक्रम संचालन भैरहेको छ । यस कार्यक्रमलाई रामग्राम नगरपालिकाले आफनोनगरमा कार्यान्वय गराउन आफनो १८ वटै वडाहरुमा लाभग्राही विवरण संकलन कार्यमाजुटेको छ ।
नगरपालिका भित्र असुरक्षित रुपमा बसोबास गर्दै आएको गरिब तथा विपन्नवर्गहरु, सुरक्षित बसोबास गरुन भनि व्यस्थित घर बनाउन उनीहरुलाई यस कार्यक्रमको अनुदानमार्फत करिब ५० हजार रुपैया अनुदान दिईने छ जसबाट लाभग्राहीले जस्तापाता, काठ, पाईपर अन्य निर्माण सामाग्री खरिद गर्न सक्ने नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्तालेजानकारी दिनु भयो ।
नगर प्रमुख गुप्ताका अनुसार नगरपालिका भित्ररहेको छाना, पराल, खर, स्याउला, टाटीको घर जुन हावापानी र आगोबाट सहजै प्रभावितहुन सक्छ त्यस्तो घरधुरीलाई उक्त अनुदान दिईने छ । सुरक्षित नागरिक आवासमा लाभग्राहीछनौटका लागि केहि मापदण्ड पनि बनाइएको छ जसमा त्यस्ता गरिब तथा विपन्न वर्गहरु पर्छन जोसंग व्यस्थित घर बनाउन पैसा र सम्पत्ती छैन त्यो असुरक्षित बसोबास गर्दै आएको छ ।
यसमा बृद्ध, एक महिला, अनाथ बालबालिका तथा अपाङ्गता भएका घरमुलीलाई प्राथमिकता दिईने नगरप्रमुख गुप्ताले जानकारी दिनु भयो । लाभग्राही छनौटमा गरिबी रेखामुनी पर्ने रछाना, पराल, खर, स्याउला, टाटीको असुरक्षित घरमुली हुनु पर्ने मापदण्ड रहेको छ । यसकार्यक्रममा ढलान र जस्तापाताले छाएको छानो भएको आवास धनीले यो अनुदान पाउने छैन।
सुरक्षित आवासका लागि जस्तापाता छानो वा पक्कि घर बनाउने लाभग्राहीले सर–सामानआफै खरिद गर्ने, मिस्त्री र लेबरको ज्याला समेत आफै व्यहोर्नु पर्ने मापदण्ड रहेको छ। योशहरी विकास मन्त्रालयको अनुदान सघन शहरीतथा भवन निर्माण आयोजना मार्फत नगरपालिकालाई उक्त अनुदान रकम हस्तान्त्रण हुने छ ।लाभग्राहीले घर बनाउदा पहिलो किस्ता ६० प्रतिशत र दोश्रो किस्ता ४० प्रतिशत प्राप्तगर्ने नगरपालिकाका ईन्जिनियर सतिस गुप्ताले जानकारी दिनु भयो ।
स्थानिय तहको सिफारिसको आधारमा सुरक्षित नागरिक आवास समन्वय समितिले लाभग्राही छनौट गर्ने छ । त्यस्तै रामग्राम नगरपालिकाले आफनो नगरलाईछानो मुक्त नगर बनाउने अभियान पनि संचालन गरेको छ । नगरपालिका भित्र रहेका छानाका घरहरुलाईव्यस्थित गर्दै नगरलाई छानो मुक्त नगर बनाउने कार्यमा तिब्रता दिइएको छ ।
नगरपालिकालेनगरलाई छानो मुक्त नगर बनाउ ५० लाख रुपैया बिनियोज समेत गरेको नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिनु भयो । उहाँका अनुसार नगरपालिका भित्र गरिब तथा विपन्नघरपरिवारलाई सुरक्षित बसोबास गराउने उद्देश्यले उनीहरुको विवरण संकलन गरि छानोकोघरलाई व्यस्थित गर्दै छानो मुक्त नगर बनाउने नगरपालिका योजना रहेको बताउनु भयो ।नगरपालिकाले नगरका १८ वटै वडाहरुमा यस्तो घरधुरीहरुको संख्या विवरण संकलन गरिरहेकोछ ।