काभिड–१९ बारे जनचेतना जगाउदै शसस्त्र प्रहरी : स्थानियलाई मास्क पनि वितरण

परासी, २९ असोज । शसस्त्र प्रहरी बल बेलासपुरले स्थानिय जनताहरुलाई कोभिड–१९ बारे सचेत गराउदै मास्क वितरण गरेको छ । शसस्त्र प्रहरी बल नेपाल नं.२६ गण हेडक्वाटर बेलासपुर नवलपरासीले पाल्हीनन्दन गाउँपालिका ३ बेलासपुर चोकमा क्रोना भाईरसको संक्रमणबाट कसरी बच्ने भन्दै स्थानिय जनतामा जनचेतना जगाउदै स्थानियहरुलाइ मास्क वितरण समेत गरेको हो । शसस्त्र प्रहरी बल नं. २६ गणको आयोजनामा पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक अजय केसी र नंं २६ गणका गणपति शसस्त्र प्रहरी उपरिक्षक महेस अधिकारीले स्थानिय जनताहरुलाई क्रोना बारे सचेत गराउदै मास्क, सचेतनामुलक पर्चा पम्पलेट बाडेर कार्यक्रमको सुरभारम्भ गर्नु भएको थियो ।

गाउँपालिका क्षेत्रमा बसोबास गर्र्ने महिला, जेष्ठ नागरिक र बालबालिकालाई लक्षित गरि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै शसस्त्र प्रहरीले यसबाट बच्ने उपाय समेत जानकारी गराएको थियो । कार्यक्रममा स्थानियहरुलाई साबुनपानीले मिचिमिची हात धुने, सेनिटाईजर प्रयोग गर्ने, मास्क लगाउने तरिका सिकाउदै सामाजिक दुरी कायम गरि कामकाज गर्ने र भिडभाडमा जानबाट समेत बच्न आग्रंह गरिएको थियो । कार्यक्रममा स्थानियहरुलाई परामर्शको साथै कोभिडबारे तयार गरिएको बिभिन्न सचेतनामूल पर्चा पम्पलेट र मास्क बितरण गरिएको थियो ।

Related articles

रामग्राम स्तुपमा पुगेका साईकल यात्रीलाई नगर प्रमुख नरेन्द्र गुप्ताले गरे स्वागत

परासी, १७ असोज । पर्यटनको पहिचान गराउने उद्देश्यले रामग्राम स्तुपमा आईपुगको साईकल यात्रीहरुलाई रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले स्वागत गरेका छन् । सिद्धार्थ जेसीज भैरहवाँको आयोजनामा स्वास्थ्य तथा सम्पदा प्रवद्धर्नको उद्देश्यले विश्व साईकल यात्री पुष्कर शाहसंगै रामग्राम स्तुपामा पुगेका करिब सय जना साईकल यात्रीहरुलाई नगरपालिका नगर प्रमुख नरेन्द्र गुप्ताले स्वागत गर्दै चियापान समेत […]

बेपत्ता वडाध्यक्ष अझै भेटिएनन्

बुटवल, १८ पुस । १६ दिनदेखि हराइरहेका जनप्रतिनिधिको खोजीमा प्रहरी प्रशासन र सरकारले चासो नदिएको गुनासो आफन्तले गरेका छन् ।अर्घाखाँचीको मालारानी गाउँपालिका–२ का वडाध्यक्ष ४१ वर्षीय विष्णुप्रसाद भुसाल ( विनोद) गत पुस २ हराएका थिए । लगत्तै आफन्तले प्रहरी प्रशासनलाई खबर गरे पनि उनको अवस्थाबारे केही पत्ता लागेको छैन । आफन्तले खोजी कार्य तीव्र नभएको […]