परासी, २८ असोज । नवलपरासी प्रहरीले ७ लाख ३६ हजार ४ सय मुल्य बराबर अवैध मालसामान बरामद गरेको छ । बुधबार विहान नेपालबाट भारत तर्फ अवैध रुपमा नेपालबाट भारत तर्फ लैजादै गरेको १ लाख ३६ हजार मुल्य बराबरको ३७ बोरामा १७०० के.जी. सेतो मटर प्रहरी चौकी बसहियाबाट खटिएको प्रहरी टोलीले प्रतापपुर गाउँपालिका वडा नं. ५ बसहियाबाट बरामद गरेको छ ।
त्यसैगरी नेपालबाट भारत तर्फ लैजादै गरेको ३ लाख २० हजार मुल्य बराबरको ८० बोरामा ४००० के.जी. मटर ईलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरी टोलीले प्रतापपुर गाउँपालिका वडा नं. ९ खजुरीपुलबाट बरामद गरेको छ । त्यसैगरी नेपालबाट भारत तर्फ अवैध रुपमा नेपालबाट भारत तर्फ लैजादै गरेको २२ हजार मुल्य बराबरको ८ बोरामा २७५ के.जी. मटर प्रहरी चौकी पांचपेडाबाट खटिएको प्रहरी टोलीले प्रतापपुर गाउँपालिका वडा नं. ४ बरामद गरेको छ ।
त्यसैगरि भारतबाट नेपाल तर्फ भन्सार छली अवैध रुपमा मोटरसाईकलमा राखि ल्याउदै गरेको १ लाख १२ हजार ४ सय बराबरको लेडिज कुर्ता सुरुवाल ५ थान, सुटको थान कपडा ३ थान, ध्वजा कपडा ४० मिटर, कासको दियो १७ पोका र रियल मी सी ईलेभन मोवाईल ५ थान र नेपालबाट भारत तर्फ २० हजार मुल्य बराबरको ६ बोरामा २५० केजी मटर गरी जम्मा १ लाख ३२ हजार ४ सय सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाउँपालिका वडा नं. २ हरपुरबाट बरामद गरेको छ ।
त्यस्तै ६ हजार मुल्य बराबरको चिनी १ बोरा र नेपालबाट भारत तर्फ १ लाख २० हजार मुल्य बराबरको १५०० केजी मटर गरी जम्मा १ लाख २० हजार मुल्य बराबरको मटर जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाउँपालिका वडा नं. २ मुडेराबाट बरामद गरेको छ । बरामद सेतो मटर,बिभिन्न कपडा,चिनी, कासको दियो आजै आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको छ ।