बर्दघाट असोज २७ । युवा सजगता अभियान पश्चिम् नवलपरासीको प्रथम जिल्ला बैठक मङ्गलबार बर्दघाटमा सम्पन्न भएको छ।
कार्यक्रम अभियानका जिल्ला संयोजक झविन्द्र ज्ञवालिको अध्यक्षता,संविधानसभा सदस्य बिक्रम खनालको प्रमुख आतिथ्यता एवम नेपाली काङ्ग्रेस जिल्ला सदस्य बिस्वप्रेम पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै नेता खनालले देश सत्तासेनहरुको राजनीतिक खिचातानीले विषम परिस्थितिमा गुज्रिएकाले सम्पुर्ण प्रजातान्त्रिक शक्तिहरु एकजुट हुनुपर्ने बेला आएको बताउनुभयो।लोकतन्त्र मजबुत नहुदा बाह्य शक्तिको हस्तक्षेप बढ्ने हुदा यसले सिङ्गो राज्यनै कमजोर हुने धारणा व्यक्त गर्नुभयो।
युवा बर्गमा राजनैतिक चेताना सहित रास्ट्रनिर्माणमा युवाको अहम भुमिका हुने हुदा यस्ता किसिमका अभियानले सबै युवालाई एकीकृत गरि नेतृत्वदायी भुमिका निर्वाह गर्न उत्प्रेरित गर्ने बताउनु भयो।
हाल देसमा भैरहेका हत्या हिंसा बलात्कार,भ्रस्टाचारहरुले लोकतन्त्रका अवयबहरु खलबलिएको हुदा राज्य पद्धति नै गलत बाटोमा जाने खतरा बढेकोप्रती दुख ब्यक्त गर्दै अब युवाशक्तिको परिचालन र खबरदारी निरन्तर रहनुपर्नेमा जोड दिनु भयो।
कार्यक्रममा आफ्ना धारणा राख्दै नेता बिश्वप्रेम पाठकले युवाहरु भौतिक रुपमा मात्र नभै बौद्धिक क्षमताका साथ अघि बढ्न सके समाज रुपान्तरणमा टेवा पुग्ने बताउनु भयो।सरकारका बेथितिका बिरुद्धमा पछिल्ला दिनहरुमा युवा बर्ग शसक्त रुपमा सचेत र जागरुक भएर अगाडि बढेको बताउदै कानुनी राज्य स्थापना र लोकतान्त्रका सस्थागत उपलब्धिहरुलाई आत्मसाथ गर्दै अघि बढ्नु पर्ने तर्क ब्यक्त गर्नु भयो।
यसैगरी कार्यक्रममा बोल्दै अभियानका जिल्ला संयोजक झविन्द्र ज्ञवालीले अभियानलाई स्थानिय स्तरमा समेत लगेर सस्थाका उदेश्यहरु आम युवा हरुमा पुर्याउदै सामाजिक क्षेत्रमा कृयाशिल सस्थाको रुपमा अघि बढ्ने हुदा अभियानमा जोडिने सबैको साथ र समर्थन रहनु पर्ने बताउनु भयो।
सस्थाले बृहत् रुपमा जिल्ला भेला गर्ने भनिएतापनी कोरोना कहरलाई मध्यनजर गर्दै भेला गर्न असमर्थ भएको जिल्ला संयोजक झविन्द्र ज्ञवालीले जानकारी दिनुभयो।बैठकमा अभियानका स्थानिय तहका संयोजकहरुबिच परिचयात्मक कार्यक्रमका साथै जिल्ला कार्यसमितिले नवनियुक्त कार्यसमिति हरुलाई बधाई ज्ञापन समेत गरेको छ।
बैठककमा पेस भएका प्रस्तावमाथी छलफल गर्दै वडा स्तरिय कार्यसमिति बिस्तारलाई तिब्रता दिईने,विभिन्न सचेतनामुलक कार्यक्रमहरु गर्ने र हत्या हिंसा,बलात्कार जस्ता अपराधका बिरुद्धमा खबरदारी कार्यक्रम गर्ने निर्णय गरेको छ।