परासी ,२७ असाेज। पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं.५ र ६ का स्वास्थचाैकीमा स्वास्थ्य सामग्री नहुँदा कोरोना परीक्षण तथा सुरक्षामा समस्या देखिएको छ । यही समस्यालाई मध्यनजर गर्दै सुनवल सामुदायिक बिकास केन्द्रले युनाइटेड मिसन टु नेपालीको सहयाेगमा प्राण परियाेजना अन्तर्गत स्वास्थ्य सामग्रीको व्यवस्थापन मिलाइएको छ ।
सुनवल सामुदायिक बिकास केन्द्रकी अध्यक्ष सपना अधिकारी थापालले पाल्हिनन्दन गाउँपालिका वडा नं.५ गेरमी स्वास्थ्यचाैकीमा डप्लर २ थान,बिपि हाेट २ थान ,बिपि स्टेस्काेस २ थान,ताैल नाप्ने मेसिन २ थान,सिपर २ थान,थर्मल गन ३ थान, अटाे स्काेप १ थान,स्प्रे मेसिन १ थान,मास्क १८ प्याकेट (१००),सेनिटाइजर (500ml) २ वटा,ग्लेब्स १ प्याकेट ,डिजिटल बिपि सेट २ थान,N95 मास्क १० वटा ,डेसिज सेट ३ थान,सुजर सेट २ थान ,भाइरेक्स २ थान हस्तान्तरण गर्नुभएको हाे ।
साथै पाल्हिनन्दनकै वडा नं.६ सनइ स्वास्थ्यचाैकीमा पानी टंकी (10000लि),टंकी स्टेन ,पाइप pp १ पिस,बेसिङ २ थान,सकेट टाेटी धारा ४ एलेबाे Z टि सकेट ४ वटा,माेटर १वटा,सेनिटाइजर (500ml) २ वटा,सर्जिकल मास्क १०० वटा,N95 मास्क १० वटा,ग्लाेब्स १ प्याकेट ,स्प्रे मेसिन १ वटा,भाइरेक्स २ थान लगाएतकाे सामग्री हस्तान्तरण गरिएको हाे।
स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै केन्द्रकी अध्यक्ष थापाले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड १९ को सम्भावित संक्रमणलाई रोकथाम गर्न स्वास्थ्यचाैकीमा खटिरहने स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षाका लागि व्यक्तिगत सुरक्षा सामाग्री तथा दिनहु प्रयाेग अाउने सामग्री हस्तान्तरण गरिएको बताउनु भएको हो ।बिशेषगरी सम्भाबित संक्रमण भएका ब्यक्तिहरुको नियमित उपचारमा खटिनु पर्दा स्वास्थ्यकर्मीहरुको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पर्ने भएकोले स्वास्थ्यकर्मीहरुलाई सुरक्षित राख्नु कर्तब्य भएकोले सुरक्षा सामाग्री बितरण गरिएको बताउनु भएको छ । स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी अाफ्नाे ज्यानकाे प्रवाह नगरी दिनरात खटिरहेकाे स्वास्थ्यकर्मीहरुकालागी स्वास्थ्य सामाग्री उपलब्ध गराएको अध्यक्ष थापाले जानकारी दिनुभयो।
कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएको परियाेजना संयाेजक राधा न्यौपानेले जानकारी दिनुभएको हाे।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा पाल्हिनन्दन गाउँपालिका वडा नं.६ का वडा अध्यक्ष कृष्णचन्द्र यादव ,सनइ स्वास्थ्यचाैकी इन्चार्ज हरिशंकर गुप्ता,वडा सदस्य अनिता सहानि ,वडा नं. ५ वडा अध्यक्ष प्रकास गुप्ता ,
गेरमी स्वास्थ्यचाैकी इन्चार्ज राजेश गुप्ता लगाएतले पाएकाे स्वास्थ्य सामग्री प्रती खुशि ब्यक्त गर्दै सुनवल सामुदायिक बिकास केन्द्रले विषम परिस्थितिमा स्वास्थ्यकर्मीहरुकाे समस्या बुझ्दै गरिएको सहयाेग प्रती धन्यवाद ब्यक्त गरेका हुन ।