सुनवल, २६ असोज । नगरपालिका नगरक्षेत्रमा क्रोना रोकथाम र नियन्त्रणमा राम्रो काम गर्दै आएको सुनवल नगरपालिकामा आर्थिक पुर्नलाभ परियोजना संचालनमा आएको छ । कोभिड–१९ले प्रभावित नगरपालिकाका गरिब विपन्न श्रमिक तथा व्यवसायिहरुको शसक्तिकरण लागि उक्त परियोजना संचालनमा आएको हो ।
USAId तथा तयार नेपालको आर्थिक सहयोगमा हिमालय सामुदायिक विकास केन्द्र मञ्चले उक्त परियोजना संचालनमा ल्याएको छ । यो परियोजना नेपाल भरि १२ स्थानिय तहमा संचालनमा छ जसमध्ये जिल्लाको सुनवल नगरपालिका पनि एक रहेको सुनवल नगरपालिका नगर प्रमुख भिम बहादुर थापाक्षेत्रीले जानकारी दिनुभयो । यो परियोजना नगरपालिकाको ४ महिनासम्म संचालनमा रहने यस परियोजनाको कुल लागत बजेट ३४ लाख ९१ हजार ४९२ रुपैया रहेको छ ।
सुनवल नगरपालिकामा यो परियोजना संचालनका लागि सोमबार सुरक्षा मापदण्ड अपनाई सुनवल नगरपालिका स्तरिय प्रारम्भीक छलफल बैठक बसि विभिन्न निणर्य गरिएको छ । परियोजना संचालक संस्था हेक्कोडेफका सल्लाहकार रामनारायण गुप्ताको अध्यक्षता तथा सुनवल नगरपालकाका नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा उक्त छलफल बैठक सम्पन्न भएको हो ।
बैठकमा परियोजनाको परिचय, उद्देश्य, रणनिति र ४ महिनासम्म गरिने विभिन्न क्रियाक्लाप बारे कार्यक्रम अधिकृत शुक्रराज ओझाले प्रस्तुतीकरण गर्नु भएको थियो । बैठकमा कोभिड–१९ले प्रभावित रोजगारी गुमाएका २०३ जना गरिब श्रमिकहरुलाई प्रत्यक्षरुपमा २० दिन रोजगारी प्रदान गरिने र नगरपालिकाका मापदण्ड अनुसार पारिश्रमिक दिने कार्यक्रम अधिकृत ओझाले जानकारी दिनु भयो ।
त्यस्तै कोभिडले प्रभावित १५७ गरिब व्यवसायी, उद्यमीलाई ३२ हजार रुपैयाका दरले अनुदान दिने र कोभिडले प्रभावित २५ जनाको व्यसायिक योजना बनाई न्युन ब्याजदरमा बंैक संग ऋण समेतको समेत व्यवस्थापन मिलाईदिने कार्यक्रम अधिकृत ओझाले जानकारी दिनु भयो ।
यस परियोजना अन्तर्गत रोजगारी पाउने, अनुदान पाउने सबै व्यक्ति एवं व्यवसायीहरु, नगरपालिकाको मापदण्ड अनुसार र नगरपालिकाको रोहबरमा १३ वटै वडाबाट छनौट हेक्कोडेफका प्राईभेट सेक्टरका ईन्गेजमेन्ट अफिसर दिपेस सिग्देलले जानकारी दिनु भयो । उहाँले भन्नु भयो, यसै परियोजना अन्तर्गत नगरपालिका संग समन्वय गरि विपदमा परेका व्यक्तिहरुको उद्दार र उपचारमा सहयोग गर्ने उद्देश्यले एउटा व्यस्थित हेल्पडेस्कको स्थापना पनि गरिने छ ।
यो परियोनजा पुरै सुनवल नगरपालिकाको समन्वय र प्राविधिक सहयोगमा संचालन गरिने छ । बैठकमा नगरपालिकाको १३ वटै वडाका वडा अध्यक्ष र सरोकारवालाहरुको उपस्थिती रहेको थियो । बैठकमा प्रमुख अतिथि नगरपालिका नगर प्रमुख भिम बहादुर थापा, विशिष्ट अतिथि नगरपालका नगर उप–प्रमुख दधिराम अर्याल, सुनवल उद्योग बाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्य लगायतले यस परियोजनाको स्वागत गर्दै यस परियोजनाले सुनवल नगरका गरिब श्रमिक तथा व्यवसायीहरुले लाभ लिने विश्वास व्यक्त गर्नु भयो ।