परासी,२५ असाेज । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं.६ मा निःशुल्क ६२ दिने आधारभूत कम्प्युटर तालिम अाइतबारदेखि सुरु भएको छ। काेइका नेपालकाे अार्थिक सहयोग तथा गुड नेभर्स इन्टरनेसनलकाे प्राविधिक सहयाेग र सहमति संस्थाकाे अायाेजनामा कम्प्युटर तालिम सुरु भएको हाे ।
तालिमको उद्घाटन गर्दै पाल्हिनन्दन गाउँपालिका वडा नं.६ का वडा अध्यक्ष कृष्णचन्द्र यादवले बेरोजगारी युवालाई तालिमले स्वरोजगार बन्न र आत्मनिर्भर हुन सहयोग पु¥याउने भन्दै यादवले तालिमभर अनुशासित, लगनशील र मर्यादित भई ज्ञान लिन सहभागी विद्यार्थीलाई आग्रह गरे । तालिममा पाल्हिनन्दन गाउँपालिका वडा नं.६ का ४० जनाकाे सहभागीता रहेको सहमतिकाे सहजकर्ता बिनाेद धरिकारले जानकारी दिनुभएको छ ।