पाल्हीनन्दन गाउँपालिकाले बनायो आकर्षित प्रशासनिक भवन : भवनमाथि हेलिप्याड र भ्युटावर पनि बनाइदै छ

0
483

परासी, २५ असोज । नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाकाले आकर्षित ठुलो प्रशासनि भवन निर्माण गरेको छ । यो प्रशासनिक भवन निकै ठुलो र नेपालकै स्थानिय तहको पहिलो प्रशासनिक भवन रहेको गाउँपालिकाको दावी छ ।

एक विगाहा क्षेत्रफलमा फैलिएको उक्त आकर्षित प्रशासनिक भवनको निर्माण कार्य सम्पन्न भई रंगरोदन र फिनिसिङ्गको काम भैरहेको छ । ८ करोड ४७ लाख को लागत स्टिमेटमा निर्माण भईरहेको उक्त प्रशासनिक भवनको निर्माण गर्ने जिम्मा प्राकृतिक निर्माण सेवा भैरहवाँले पाएको छ।

५ तल्लो उक्त भवनको ३ तल्ला सम्म फिनिसिङ्ग भईसकेको र केहिदिनमा मात्र ति दुईतल्ला पनि फिनिसिङ्ग भएर यहि आउँदो चाँडबाडका बेला उक्त पालिका भवनमासर्ने गाउँपाकिा अध्यक्ष दिपक गुप्ताले जानकारी दिनु भयो ।

गाउँपालिका अध्यक्ष गुप्ताका अनुसार यो ५ तल्ले प्रशासनि भवनमा ८४ बढि कोठाहरु छन् । जसमा मिटिङ्ग हल, कार्यक्रम हल, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत सबै शाखाहरु व्यवस्थापन गरिएको छ । यस भवनमा लिफट पनि जडान हुदै छ । भवन माथि हेलिप्याड बनि बनाइएको छ । भवन माथि भ्यु टावर समेत बनाईदै छ जसमाथि चढेर आन्तरिक पर्यटकहरुले वरपरका सुन्दर दृस्यहरुको अवलोकन गर्न सक्ने अध्यक्ष दिपक गुप्ताले जानकारी दिनु भयो ।

भवनको अगाडी सुन्दर ईन्ट्रान्स गेट पनि निर्माण भैरहेको र त्यस्तै भवनकै अगाडी आकर्षित वाटर फाउन्टेन पनि निर्माण भैरहेको छ । प्रशासनिक भवन गाउँपालिाकको गौरवको योजना र निकै आकर्षित रहेको अध्यक्ष गुप्ताले जानकारी दिनु भयो ।

प्रशासनिक भवनको मुल आकर्षित गेट, पाकिङ्कको स्थल, बनाईनुका साथै भवनलाई थप सुन्दर र वातावरिण बनाउन रंगविरंगको फुलविरुवाहरु रोपिने गाउँपालकाका ओभरसियर बेचन प्रजापतिले जानकारी दिनु भयो । उहाँका अनुसार भवनलाई चारैतिरबाट कम्पाउडिङ्ग समेत गरिने छ । भवनको आकर्षणले अधिकांश स्थानिय तहहरुको पनि ध्यान तानेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here