नवलपरासीकाे बलिनगरमा सशस्त्र प्रहरी बल पाेस्टकाे स्थापना

0
415

नन्दु यादव–

सुस्ता, २४ असाेज । नवलपरासी जिल्लाकाे सुस्ता गाउपालिका वडा न ५ काे बलिनगरमा अाज सशस्त्र प्रहरी बाेर्डर आउट पोस्ट (बीओपी) स्थापना भएकाे छ । जिल्ला काे सिमा नाका हरुबाट भएकाे तस्करी न्युनिकरण , सिमा अतिक्रमण लाई नियन्त्रण गर्ने तथा अामजनतालाई सुरक्षित महशुस गर्न उदेश्य का साथ बिअाेपी स्थापना गरिएकाे बताईएकाे छ। सशस्त्र प्रहरी बल बिन्धबासिनी रुपन्देही का प्रमुख( डिअाईजि) किशाेर प्रधानले पोष्टको उद्घाटन गरेेेेका हुन।

२१कठ्ठा जग्गामा बिअाेपि स्थापित भएकाे बताईएकाे छ। जिल्लाको भारतीय सिमा नाकामा तीन ओटा पोष्ट स्थापनाका लागि सरकारबाट स्वीकृत भएको छ।उद्धघाटन कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर २६न गण बेलासपुर का गणपति महेश अधिकारीले प्रतिबेदन प्रस्तुत तथा स्वागत मन्तब्य दिनु भएकाे थियाे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक ,सुस्ता गाउपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे।कार्यक्रम मा जिल्ला प्रहरी कार्यालय नवलपरासी का प्रमुख अजय केशि ,नेपाली सेनाका समीर कुमार गुरुङ लगायतकाे सहभागिता रहेकाे थियाे।

अहिले गृह मन्त्रालयले सुस्ता गाउपालिकाकाे बलिनगर, पाल्हीनन्दन गाउपालिकाको गेर्मी र सरावल गाउपालिकाकाे भुजहवामा पोस्ट स्थापना गर्न स्वीकृत दिएको ले बलिनगर र भुजहवा स्थापना भईसकेकाे र अबकाेे केही दिनमा गेर्मीमा स्थापना हुने बताईएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here