परासी, २४ असाेज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा )परित्याग गरि बर्दघाट नगरपालिकाबाट १६ जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन।बर्दघाट नगरपालिका वडा नम्बर ७ जिमिरेभार र वडा नम्बर १ माकरबाट गरि १६ जना युवा समुह काङ्ग्रेसमा प्रवेश गरेको नेपाली काङ्ग्रेस बर्दघाट नगर सह-सम्योजक दामोदर जिसिले बताए।
नेपाली काङ्ग्रेस वडा न ७ ले आयोजना गरेको एक कार्यक्रममा बिच संविधानसभा सदस्य बिक्रम खनालले नवप्रवेशि कार्यकर्ताहरुलाई स्वागत गरेका हुन।कार्यक्रममा बोल्दै प्रमुख अतिथी खनालले दुई तिहाईको सरकारले जनमतको कदर नगरेकाले नेकपा भित्रकै नेतृत्व तह र आम कार्यकर्तानै असन्तुष्ट रहेको बताए।उनले पछिल्लो उदाहरणको रुपमा राजधानी सार्ने प्रस्ताबको बिरुद्धमा बुटवलका नेकपा सम्बद्ध ब्यवसायिहरुको सामुहिक राजिनामा रहेको बताए।दुईतिहाई कै दम्भकै भरमा सरकार चल्ने हो भने यो क्रम अझ बढ्ने समेत उनले दावी गरे।
कोरोना कहरको विषम परिस्थितिमा समेत सरकार भ्रष्टाचार मा लिप्त हुनु र पदिय भागबन्डामै तल्लिन हुनुले सरकार नागरिक प्रती रत्तीभर जिम्मेवार नभएको टिप्पणी गरे। जनसवाल,राष्टृयता र स्वाधीनताका विषयमा समेत राज्य गम्भीर नभएकाले अबको बिकल्प काङ्ग्रेस रहेको समेत उनले दावी गरे।त्यसै गरि कार्यक्रममा बोल्दै ने.का. जिल्ला सदस्य बिस्वप्रेम पाठकले सरकार दिनप्रतिदिन गैरजिम्मेवार र अलोकप्रिय बन्दै गैरहेको आरोप लगाए।ओम्नि,वाईडबडी कान्ड,सुन प्रकरण सबै सेलाएको उनले बताए।भ्रष्टाचारमा शून्य सहनशिलता भन्ने सरकार नै आफै माफिया सग मिलेर दिनहु भ्रष्टाचार भैरहेको उनको आरोप थियो।काङ्ग्रेसले सरकारका हरेक गलत कदमको निरन्तर खबरदारी गरेकाले सिङ्गो नागरिक समाजको यसमा समर्थन रहनु पर्ने नेता पाठकले बताए।

कार्यक्रममा नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १क का सभापति बेदप्रकाश शर्मा ,क्षेत्र नम्बर १ का सहसचिव ध्रुव थारु,क्षेत्र नम्बर २ का क्षेत्रीय सहसचिव दिपक भुसाल लगायतको उपस्थिति रहेको थियो।नेपाली काङ्ग्रेस वडा नम्बर ७ का वडा सभापति रामनारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सन्चालन नगर सचिव पोशचन्द्र देवकोटाले गरेका थिए।