परासी, २४ असोज । लायन्स क्लब अफ रामग्रामले रामग्राम नगरपालिका १ सहुवाटिकरका बाढि पिडित घरपरिवारलाई खाद्यान्न सामाग्र र कपडालत्ता वितरण गरेको छ । लायन्यस क्लब अन्तराष्ट्रिय ईमेर्जेन्सी ग्राण्डको सहयोग रिजन ४० द्धारा नगरपालिका १ सहुवा टिकरका बाढि पिडितहरुलाई खाद्यान्न सामाग्री वितरण गरिएको हो ।
लायन्स क्लब अफ रामग्रामको आयोजनामा सहुवा टिकरका ८० घर परिवारलाई खाद्यान्न सामाग्री र ३०० जनालाई कपडा वितरण गरिएको हो । बाढि प्रभावित क्षेत्रका उक्त घरधुरीहरुलाई खाद्यान्न र कपडा पाएपछि खुशी भएका छन् ।
लायन्स क्लब अफ रामग्रामका संयोजक समा बस्याको अध्यक्षता तथा लायन्स क्लब ईन्टरनेशनल क्षेत्र नं. ४ का पुर्व गभर्नर लायन महेन्द्र नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा सो खाद्यान्न र कपडाहरु वितरण गरिएको हो ।
फुड वितरण कार्यक्रममा प्रमुख अतिथि लायन महेन्द्र नारायण श्रेष्ठ, डिस्टिक कोर्डिनेटर लायन श्याम कुमार बस्याल, प्रेम न्यौपाने, एरिया चिफ सन्दिप कसौधन र सुरज यादवल लगायतले मन्तब्य राखेका थिए । यस कार्यक्रममा जिल्लाभरिका लायन्स क्लबहरुको समन्वयात्म भुमिका रहेको थियो ।