परासी, २२ असोज । व्यवसायिक कृषि खेती तर्फ कृषकहरुलाई आकर्षित गर्न सरावल गाउँपालिकाले किसानहरुलाई विभिन्न सर–सामाग्री उपलब्ध गराउदै आएको छ । कृषिमा आधुनिकरण गर्दै यहाँका किसानहरुको जिवनस्तर माथि उकास्न गाउँपालिकाले अनुदानमा विभिन्न कृष यन्त्र र मलखाद, बिउबिजनहरु उपलब्ध गराउदै आएको छ ।
गाउँपालिकाका किसानहरुको मुख्य पेशा नै कृषि रहेकाले किसानहरू प्रम्परागत खेती भन्दा व्यवसायिक खती गरि बढीभन्दा बढि फाइदा लिउन र कृषिमा क्रान्ती गरून भनि गाउँपालिकाले किसानहरूलाइ व्यवसायिक खेती तर्फ प्रोत्साहित गर्दै आएको छ । किसानहरूलाइ माछा, कुखुरा, गाइभंैसी, खशीबाेका, तरकारी र व्यवसायिक खेती तर्फ अार्षित गर्न गाउँपालिकाकाे ध्यान रहेकाे छ ।
गाउँपालिकाकाले किसानहरुलाई खेती गर्न सहज होस भनि अनुदानमा बोरिङ्ग, पम्पिङ्गसेट, हातेट्रेक्टर, कृषि यन्त्र र विभिन्न उन्नत जातको बिउ बिजनहरु उपलब्ध गराउदै आएको गाउँपालिकाका अध्यक्ष राधेश्याम चौरधीले जानकारी दिनु भयो । उहाँले भन्नु भयो, हामीले यहाँको कृषि क्षेत्रलाई आधुनिकरण र व्यवसायिक बनाउने तर्फ ध्यान दिएका छांंै साथै किसानहरुलाई व्यवसायिक खेती तर्फ आकर्षित गर्न ५० देखि ७० प्रतिशत अनुदानमा बिउबिजन, कृषि यन्त्रहरु समेत वितरण गर्ने योजना रहेको अध्यक्ष चौधरले सुनाउनु भयो ।
त्यसैक्रममा आज गाउँपालिकाकाले ब्यवसायिक तरकारी खेती गर्ने कृषकहरुलाई ७० प्रतिशत अनुदानमा तरकारीको उन्नत जातको बीउ बितरण गरेको छ । गाउँपालपका कृषकहरुलाई तरकारी उत्पादनमा आत्मनिर्भर बनाउन ७० प्रतिशत अनुदानमा २५ जना कृषकलाई तरकारीको बीउ बितरण गरिएको कृषिशाखा प्रमुख कुलदिप नरायण मिश्रले बताउनु भयो । कृषि शाखा प्रमुख मिश्रका अनुसार यो बिउ सय जना कृषकलाई बितरण गरिने छ । सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी, प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पौडेल, वडा नं. ३ का वडा अध्यक्ष अणेन्द्रनाथ राय लगाएको उपस्तिथिमा कृषकहरुलाई उक्त बीउ बितरण गरिएको हो ।