नवलपरासीमा प्याजको तस्करी बढयो : शसस्त्र प्रहरीद्धारा एक पिकप सहित ५७ बोरा प्याज बरामद

0
302

रबिन्द्र यादव
परासी, २२ असोज । पश्चिम नवलपरासीमा प्याजको तस्करी बढेको छ । नजिकिदै गरेको चाँडबाडलाई लक्षित गरि तस्करहरुले भारतबाट अवैध रुपमा प्याज नेपाल भित्राउने कार्य बढदै गएको छ । क्रोनाको माहामारीले नेपाल–भारत सिमा बन्द रहेको त्यसमाथि भारतले नेपालमा प्याज निर्यातमा रोक लगाएकोले तस्करहरु सोको मौका छोप्दै चाँडबाडमा बढि खपत हुने प्याजको कालोबजारी गर्ने उद्देश्यले प्याजको तस्करीमा जुटेको प्रहरीको भनाई छ ।

तस्करहरु साईकल तथा मोटरसाईकलमा भारतबाट अवैध नाका प्रयोग गरि प्याज नेपाल भित्राउने र मंहगोमा प्याज विक्री वितरण गरिरहेको पाइएको छ । भारतबाट भन्सार छली नेपाल भित्राएका प्याजको भन्सार तथा बिल भरपाई नपाएपछि प्रहरीले उक्त अवैध प्याज नियन्त्रणमा लिन थालेको छ । सिमावर्ती बजारबाट नेपाली उपभाेक्ताहरूले घरायसी प्रयाेजनका लागि प्याज मगाउदा भारतीय प्रहरीले पनि राेक लगाइरहेकाे छ तर तस्करकाे लागि भने छुट नै छ ।

प्याजकै तस्करी गर्ने क्रममा शसस्त्र प्रहरी बल नेपाल २६ नंं गण हेडक्वाटर बेलासपुरले एक पिकप सहित १ लाख ४८ हजार ५ सय मुल्य बराबरको ५७ बोरा अवैध प्याज बरामद गरेको गणपति शसस्त्र प्रहरी उपरिक्षक महेश अधिकारीले जानकारी दिनु भएको छ ।

गणको सिमा गस्ती टोलीले विषेश सुराकीको आधारमा सरावल गाउँपालिका ६ रामपुर खडौनाबाट प्रदेश ३–०१–०२२ च ३२०७ नं. को पिकअप गाडीमा लोड गरेको २७ क्वीन्टल अर्थात ५७ बोरा अवैध प्याज बरामद गरी आवश्यक कार्वाहीको लागि महेसपुर भन्सार कार्यालय पठाएको छ । बरामद प्याज र पिकपको मुल्य १६ लाख ४८ हजार ५ सय रुपैया शसस्त्र प्रहरीले अनुमान गरेको छ ।

त्यस्तै दुईदिन अगाडी मात्रै जिल्ला प्रहरी कार्यालय नवलपरासीले पनि २२ लाखको २ पिकप सहित अवैध प्याज नियन्त्रणमा लिई भन्सार कार्यालय पठाएको थियो । यता सशस्त्र प्रहरी बल नेपाल २६ नं गणका गणपति शसस्त्र प्रहरी उपरिक्षक महेश अधिकारीले चोरी तस्करी न्युनिकरणका लगि सिमानाकामा कडा निगरानी बढाएका छन् । चोरी तस्करी नियन्त्रण गर्न सिमामा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको र बरामद मालसमानबाट लाखांैको राजस्व भन्सार दाखिला समेत गरिएको बताएका हुन् । तस्करी नियन्त्रणमा शसस्त्र प्रहरी र नेपाल प्रहरी दुबै सक्रिय भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here