परासी, २१ असाेज । नवलपरासीको सरावल गाउँपालिकामा २ स्वास्थ्यकर्मी सहित ४ जनामा काेराेना पाेजेटिभ देखिएको छ ।वडा नं. ४ मा अवस्थित मंगलापुर स्वास्थ्यचाैकीकाे ३१ बर्षिय महिला स्वास्थ्यकर्मी र २५ बर्षिय पुरुष स्वास्थ्यकर्मी रहेका छन । साथै वडा नं. १ काे ५२ बर्षिय स्वयंसेविका र ५४ बर्षिय पुरुषमा काेराेना पाेजेटिभ देखिएको र संक्रमित चारै जना हाेम अाइसुलेसनमा रहेको सरावल स्वास्थ्यशाखा प्रमुख अाेम नरायण देवकोटाले जानकारी दिनुभएको हाे ।
त्यस्तै अाज बर्दघाट नगरपालिका वडा नं. ९ का ५७ बर्र्षीय महिला, रामग्राम वडा नं. १२ का ४० वर्षीय महिला, ५६ वर्षीय पुरुष सुनवल नगरपालिका वडा नं. १ का २९ बर्षीय महिला, वडा नं. ३ का ३१ वर्षीय महिला, वडा नं. ११ का २७ वर्षी महिला, वडा नंं. १२ का २३ वर्षीय महिला र २५ वर्षीय पुरुष, वडा नं. १३ का २४ बर्षका पुरुष सरावल गा.पा. वडा नं. १ का ५४ वर्षीय पुरुष, वडा नंं. २ का ५२ वर्षीय महिला, वडा नंं. ४ का २५ वर्षीय पुरुष र ३१ वर्षीय महिलामा काेराेना पाेजेटिभ देखिएको छ ।
यता सरावल गाउँपालिका अध्यक्ष चाैधरीले समुदाय स्तरमा काेराेना देखा परेकाे हुनाले सावधानी अपनाउन तथा नियम पालना गर्न समेत अनुराेध गर्नुभएको छ । मानव जिवनमा स्वास्थ्य सबैभन्दा ठुलाे धन भएको हुनाले अाफ्नाे स्वास्थ्य प्रती सबैले ख्याल राख्न अाग्रह गर्नुभएको हाे। साथै गाउँपालिका भित्र सन्चालन हुने हाटबजार ,मेला , सभासम्मेलन पुर्ण रुपमा राेक लगाइएको जानकारी गराउदै विभिन्न संघ संस्थाले सावधानी अपनाउदै समाजिक दुरी कायम गरि मास्क र सेनिटाइजरकाे प्रयाेग सहित अात्म सुरक्षामा ध्यान दिन समेत अनुरोध गर्नुभएको हाे।
समुदाय स्तरमा काेराेना देखिएकाे हुनाले दैनिक कार्य सन्चालन गर्दा अनिवार्य रुपमा सामाजिक दुरी कायम गर्ने ,साबुनपानीले हात धुने तथा सुरक्षाको उपाय अवलम्बन गर्ने र बेलैमा सचेचभई संक्रमणबाट बच्ने उपाय अपनाउनुहुन तथा सम्बन्धित निकायसँग हातेमालो गर्दै अगाडि बढ्नुहुन सम्पुर्ण गाउँपासिलाई अनुरोध समेत गर्नुभएको हाे।