चितवन, २० असोज । पूर्वी नवलपरासीको कावासोतीका ट्याक्टर व्यवसायीहरु कावासोतीका पत्रकारहरुसँग आक्रामक रुपमा प्रस्तुत भएका छन् ।
नदी दोहनका सामाचार लेखेको, पत्रकारहरुले सुराकी गरेर ट्याक्टर समाइदिएको, समाचार लेख्दा शीर्षक बंग्याएर हाल्ने गरेको भन्दै कावासोतीका ट्याक्टर व्यवसायीहरु कावासोतीका पत्रकारहरुसँग आक्रामक रुपमा लागेका हुन् ।
नवलपुर ट्याक्टर व्यवसायी समितिका अध्यक्ष शिव गिरीले पत्रकार रामकुमार श्रेष्ठलगायतका केही पत्रकार र कावासोती १६ का ५ जना स्थानीयका खेत जोत्न कसैलाई पनि जान नदिने गरी उपसमितिले निर्णय गरेको बताए ।
उनले भने निर्णय भएको मैले पनि थाहा पाए । समाचारमा शीर्षक बंगाएर हाल्न नहुने थियो । त्यसै कारण रामकुमार श्रेष्ठ लगायतका पत्रकारहरुलाई वायोस गरेर जाने निर्णय गरिएको हो ।
ट्याक्टर व्यवसायीको कावासोती स्तरको उपसमितिले कावासोतीका पत्रकार रामकुमार श्रेष्ठ, सालिकराम कोइरालाको खेतबारी नजोत्ने र जोत्न गए जोत्न जाने ट्याक्टरलाई १५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।
पत्रकार रामकुमार श्रेष्ठले आफ्नो बारीमा तोरी लगाउनका लागि ४ दिनदेखि ट्याक्टर बोलाएको भए पनि सबै ट्याक्टरले आलटालगर्दै आएको र पछि बुझ्दै जाँदा त्यस्तो निर्णय भएको थाहा पाएको बताए ।
त्यसैगरी कावासोती १६ का ५ जना स्थानीयले ट्याक्टरले खोलाबाट नदीजन्य वस्तुको चोरी गरेको प्रहरीलाई थाहा दिएर ट्याक्टर समाइदिएको भन्दै ति ५ जनाको खेत पनि जोत्न नजाने निर्णय गरेका छन् ।
कावासोती १६ का वडा अध्यक्ष एकादत्त वस्तीले कावासोती १६ का पाँच जना स्थानीय किसानहरुले ट्याक्टर व्यवसायीले आफूहरुको खेत जोत्न प्रतिबन्ध लगाएको भन्दै गुनासो गरेको बताए । वडा अध्यक्ष वस्तीले भने – यस विषयमा मैले नवलपुर ट्याक्टर समितिको अध्यक्ष शिव गिरीलाई समस्या हल गर्न आग्रह गरेको छु ।
कावासोती १६ मा दुर्गा गिरी, अम्मर गिरी, तिर्थ पौडेल, मनि सुवेदी लगायत ५ जनाको खेत नजोत्ने निर्णय ट्याक्टर व्यवसायीले गरेका छन् । टयाक्टर व्यवसायीले यदि कसैले जोत्न गए जोत्न जाने ट्याक्टरलाई १५ हजार रुपैयाँ जरिवाना गराउने निर्णय समेत गरेका छन् । @chitwanpost.com