परासी, १५ असोज । पश्चिम नवलपरासीमा फेरि पनि मटरको (केराउ) तस्करी बढन थालेको छ । जिल्लामा निषेधाज्ञा हटेपछि मटर तस्करहरु रातारात पिकपका–पिकट मटर सिमा स्थित गोदाममा पु¥याउने र सेटिङ्ग मिलाएर भारत निकासी गर्न थालेका छन् ।
जनपद प्रहरी र शसस्त्र प्रहरीका प्रहरी उपरिक्षकहरुले तस्करी न्युनिकरण र नियन्त्रणका लागि सिमामा रहेको बिओपी तथा प्रहरी चौकीहरुलाई कडा निर्देशन दिएपनि बिओपी, प्रहरी चौकी र सिमा खटिएका सुरक्षाकर्मीहरु आर्थिक प्रलोभनमा परि तस्करी गराउदै आएको स्थानियले आरोप लगाएका छन् ।
रातीको समयमा केराउ, छोहडा, ईलाईची, मकै नेपालबाट भारत अवैध निकासी हुने गरेको छ भने भारतबाट कपडालत्ता, भाँडा कुँडा, अवैध कुखुरा, खशीबोका, खाद्यान्न लगायतका सामाग्रीहरुको लुकीछिपी चोरी तस्करी हुदै आएको छ । क्रोना माहामारीको रोकथामका लागि सिमा बन्द र चोरी तस्करी नियन्त्रणका लागि सिमामा शसस्त्र प्रहरी र जनपद प्रहरीको बाक्लो उपस्थितीका बावजुद पनि तस्करी हुनु पक्कै सिमामा खटिने सुरक्षाकर्मीको लापरवाही वा आर्थिक प्रलोभन बुझन सकिन्छ ।
यता जनपद प्रहरी र शससत्र प्रहरीका प्रमुख भन्छन ‘‘हामीले तस्करी नियन्त्रणका लागि सिमा थप जनशक्ति परिचाल गरि तस्करी गर्ने तस्कर, तस्करीका सामान, साधनलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीका लागि भन्सार पठाउने गरेका छौं ।” जिल्ला खुल्ला सिमा भएकाले स्थानिय तस्करहरु खेत र खोलाको अवैध बाटो प्रयोग गरि स–साना परिमाणमा चोरी तस्करी गर्दै आएकाले जनगुनासो बढेको हुनसक्ने भन्दै हामीले ठुला र ति साना तस्करहरुलाई पनि नियन्त्रणमा लिन सिमा सुरक्षाकर्मीको बाक्लो उपस्थिती गराएको र यदि सिमामा खटिएका सुरक्षाकर्मीले बदमासी गरेको प्रमाण सहित सुचना पाएमा बदमासी गर्नेलाई कार्वाही गरिने र उसलाई सो क्षेत्रबाट जिल्लामा तानिने समेत दुबै प्रहरीका प्रमुखले जानकारी बताए ।
जिल्लामा पहिलाको तुल्नामा तस्करी घटेको पाइएको छ । यता प्रशासनले क्रोनाको संक्रमण रोकथामका लागि जिल्लामा लगाइएको निषेधाज्ञा हटाएपनि मटर, छोहडा, ईलाई ओसार पसारमा लगाएको प्रतिबन्धलाई अझै हटाएको छैन तर पनि व्यपारीहरु लुकीछिपी विभिन्न सेटिङ्गामा सो सामाग्रीको खरिद विक्री र ओसार पसार गरिरहेको पाइएको छ । जसको प्रमाण आज गण्डक नहरमा मटर लोडेड खसेको एउटा पिकप हो ।
आज विहान ४ बसेको समयमा तस्करी गर्नै उद्देश्यले गोपिगन्जबाट हरियो मटर लोड गरिएको पिकप गण्डक नहरमा खसेको छ । पिकप चालकले उक्त मटर प्रहरीको आँखा छल्दै हतार हतारमा धर्माैली नाका पु¥याउन तिब्रगतिमा हिडालेको लु १ च ९२८५ नम्बरको मटर लोडेड पिकप प्रतापपुर ७ बेलाटारी र सुर्यपुरा बिचको सिवानमा बाटोमा चरिरहेको एक भंैसीको पाडालाई ठक्कर दिदै गण्डक नहरमा गाडी पल्टिएको हो ।
गाडी पल्टिदा चालक हाम फालेपछि सुरिक्षत भएको छ भने ठक्करले पाडा घाईते भएको र गाडी नहरमा गई मटर र गाडीमा ठुलो क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पिकपमा ६० बोरा मटर लोड गरिएको थियो । उक्त माल करिब १ लाख ७० हजारको थियो । नहरमा पानीका कारणले गाडी सजिलै निकाल्न सकिएको छैन । गाडी निकाल्न सुरक्षाकर्मी खटिएका छन् ।
स्थानियका अनुसार दिनहुँ विहान ३ बजेदेखि विहान ५ बजेसम्म यस्तै एक दर्जन पिकपहरु मटर, छोहडा, ईलाईची बोकेर धर्माैली, बसैया, बरगदावाँ र भुजहवाँ नाकामा पुग्ने गरेको बताउछन् । आजपनि १० बढि पिकप थिया तर अरु पिकपहरु निक्लि सकेको र यो एउटा पिकप पाडासंग ठोक्किएर नहरमा खसेको बताए ।