प्रहरी तातेपछी तस्करको भागमभाग, प्रहरीले लगायो तस्करीमाथी लगाम: प्रहरीले बुझायो २ करोड २८ लाखको अबैध मालसामान भन्सार

परासी, १० असोज। नवलपरासी प्रहरीले साढे चार महिनामा २ करोड ४०लाख २९ हजार ८ सय ८ मुल्य बराबरको तस्करीको सरसमान बरामद गरेको छ। जिल्लामा प्रहरी उपरीक्षक अजय केसी आएको साढे चार महिनामा जिल्लाका विभिन्न स्थानबाट २करोड २८लाख १५हजार ९सय ६८मूल्य बराबरको विभिन्न अबैध मालसामान बरामद गरि आवश्यक कार्वाहीका लागि महेसपुर भन्सार कार्यालय पठाइएको छ।

प्रहरी उपरीक्षक केसी जिल्लामा आएपछि सिमानाकामा निगरानी बढाउदै चोरी तस्करीमा लगाम लगाएका छ्न। प्रहरीको सक्रियता र काडा निगरानीले ठुला तसकरहरु त्रसीत भएका छन। तर खुद्रे तस्करहरु अझै फाट्टफुट अबैध बाटो प्रयोग गर्दै थोरै मात्रामा भएपनी विभिन्न सरसमानको अबैध निकासी पैठारी गर्दै आएका छ।

प्रहरीले बरामद गरेकोमा हरियो केराउ ,छोहाडा, मरिच ,खाद, हार्डबेयरको समान,कपडा ,मोबाईल लगायतका इलोक्ट्रानिक समान, सवारी साधन पार्ट पुर्जा, खशीबोका, अबैध कुखुरा लगायतको सामाग्री रहेको प्रहरीले जनाएको छ।

त्यसैगरि प्रहरीले ३लाख २३हजार ८सय ४०मुल्य बराबरको अबैध काठ बरामद गरि आवश्यक कार्वाहीको लागि डिभिजन वन कार्यालय बुझाएको छ, भने नदिजन्य पदार्थको अबैध उत्खननमा सग्लन ३०वटा ट्रेकटर ,१टिपर र ४वटा स्काबेटर समेत पक्राउ गरि आवश्यक कार्यवाहीको लागि समबन्धित स्थानीय तहमा बुझाएको प्रहरीले जनाएको छ।
यता आज बिहान प्रहरीले गस्ती गर्ने क्रममा २लाख ४७हजार ४सय मूल्य बराबरको मोबाइल र कपडा समेत अबैध मालसामान बरामद गरेको छ।

यसरी यस साढे चार महिनामा अवैध मालसामान,अवैध काठ र अवैध नदीजन्य पदार्थ उत्खनन् कारवाही गरी कुल जम्मा २ करोड ४० लाख २९ हजार ८ सय ८ मुल्य बराबरको राजश्व दाखिला भएको प्रहरी नायब उपरीक्षक डिएसपी राजु लामाले बताए ।

Related articles

अा.व ०७५/०७६ को बजेट तथा राजश्व नीति सम्बन्धित छलफल

भैरहवाँ, २० चैत ।  अार्थिक बर्ष २०७५÷०७६ काे बजेट तथा राजस्व नितीका लागि भैरहवाँमा छलफल भएकाे छ । अर्थमन्त्री डा. युवराज खतिवडाकाे प्रमुख अातिथ्यतामा भएकाे कार्यत्रफममा उद्रदाेगी तथा व्यवसायीकाे सहभागिता रहेकाे थियाे । राजश्व परामर्श समितिको आयोजनामा भएकाे कार्यत्रफममा अर्थमन्त्री डा. युवराज खतिवडालाइ नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नंं. ५ का अध्यक्ष गुणनिधि तिवारीले  लिखित सुझाव दिएका थिए । नेपाल […]

नेपालकै लोपोन्मुख कोलबृक्षको संरक्षणमा जुटयो सरावल गाउँपालिका

परासी, १८ असोज । नेपालकै लोपोन्मुख वृक्ष कोलबृक्ष नवलपरासीको सरावल गाउँपालिकामा पाइएपछि गाउँपालिकाकाले यसको संरक्षणमा व्यापक ध्यान दिएको छ । आयुर्वेदिक महत्वले कुष्ठ तथा छाला रोगमा औषधीको रुपमा प्रयोग हुने यस कोलवृक्षले प्राचिन कोलिय गणराज्यको ईतिहास र महत्व पनि बोको छ । सरावल गाउँपालिका २ जावामा रहेको कोलबृक्षको बगैचा नै छ जसको संरक्षणमा सरावल गाउँपालिका […]