परासी, ९ असोज। अविरल बर्षाका कारण नवलपरासीमा भएको बालीनालीको क्षतिबारे जनता समाजवादी पार्टी नवलपरासीले तीन तह्कै सरकाको ध्यानाकर्षण गराएको छ। भारी बर्षाका कारण डुबानमा परेको धानबालीको क्षतिबारे पार्टीले केन्द्रिय सरकार, प्रदेश सरकार र जिल्लाका ७ वटै स्थानीय तहहरुको ध्यानाकर्षण गराएको हो।
पार्टीले जिल्लामा भएको बालीनाली, धनजनको नोक्सानीको अवलोकन गरि क्षतिपुर्ती समेत दिन माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ। पार्टीका अध्यक्ष धरेन्द्र यादव, अध्यक्षद्व्य मुकुरजी गिरिको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री कार्यालय, प्रदेश सरकारलाई उक्त ज्ञापन पत्र बुझाएका हुन।
जिल्लामा नोक्सानीको अवस्था बारे स्थलगत अवलोकन गर्न, तत्काल राहत बितरण गर्न र क्षतिपुर्तीको ब्यवस्था मिलाउन ज्ञापन पत्रमा उल्लेछ। ज्ञापन पत्र बुझाउन पार्टीका दुबै अध्यक्ष, पार्टीका नेता पुरन चौधरी, बिजय अग्रहरी, नगेन्द्र अग्रहरी, चन्द्रभूषण पाठक, अमिरुल्लाह मिया लगायत पार्टीका जिल्ला नेताहरुको उपस्तिथि रहेको थियो।