बैदेशिक रोजगारबाट फर्किएकाहरुलाई उन्नत बाख्राको पाठी वितरण

उमेश बि.क- परासी,८ असोज । सुनवल सामुदायिक विकास केन्द्र पश्चिम नवलपरासीले पाल्हीनन्दन गाउपालिका वडा नम्बर–६ लंगडीपाकडका १० जनालाई उन्नत बाख्राका पाठी वितरण गरेको छ ।

संस्थाले युनाइटेड मिसन टु नेपालको सहयोग तथा पाल्हीनन्दन गाउपालिकाको समन्वयमा बैदेशिक रोजगारबाट घर फर्किएकाहरुका लागि उन्नत बाख्राको पाठी वितरण गरेको हो ।

कोभिड १९ समुदाय प्रतिकार्य कार्यक्रम अन्तरगत उक्त कार्यक्रम गरिएको कार्यक्रम संयोजक राधा सापकोटाले बताउनुभयो ।

त्यस्तै कार्यक्रममा प्रमुख अतिथि पाल्हीनन्दन गाउपालिका वडा नम्बर–६ का वडाध्यक्ष कृष्ण चन्द्र यादवले संस्थाले बैदैशिक रोजगारबाट फर्किएकाहरुलाई सहयोग गरेर उदाहरणीय कार्य गरेको बताउनुभयो । उहाँले कोभिड बिरुद्धको लडाईमा सबैको साथ सहयोग आवश्यक रहेको औल्याउदै सकारात्मक काममा सबै वडा कार्यालयले साथ दिने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा सुनवल सामुदायिक विकास केन्द्रकी अध्यक्ष सपना अधिकारी थापाले संस्थाले जिविकोपार्जनका लागि उद्यम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले संस्थाले गरेको सानो सहयोगबाट ब्यवसाय शुरु गरेर धेरै बाख्रा उत्पादन गर्न कृषकहरुलाई आग्रह गर्नुभयो । एक बाख्राबाट २ बनाउनुस २ ले ४ वटा हुदै जान्छ –उहाँले सो अवसरमा भन्नुभयो – राम्रो संग पालन गर्नुस । भेटेरेनरीहरुसंग बेलाबेलामा परार्मश समेत गर्नुस ।

कार्यक्रम संस्थाकी अध्यक्ष सपना अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार रबि पाण्डेय ,सहजकर्ता अशोक कुमार गुप्ता
,शक्ति काैशल लगाएतकाे सहभागीता रहेको कार्यक्रमकाे सन्चालन उमेश वि.क ले गर्नु भएको थियो । संस्थाले जमुनापारी नश्लबाट क्रस गरिएका बाख्राका पाठी प्रदान गरेको जनाएको छ ।

Related articles

रामग्राम जेसीजद्धारा पत्रकार र स्वास्थ्यकर्मीलाई सुरक्षा सामाग्री प्रदान

परासी, ७ जेष्ठ । सामाजिक संस्था रामग्राम जेसिसले जिल्लाका क्रियाशिल पत्रकारहरुलाई सुरक्षा सामाग्री उपलब्ध गराएको छ । रामग्राम जेसीज बर्ष २०२० का अध्यक्ष सन्दिप अग्रहरी नेतृत्वको कार्यसमितिले रामग्राम नगरपालिकाको नगर क्षेत्रभित्रका २१ जना क्रियाशिल पत्रकारहरुलाई सुरक्षा सामाग्री उपलब्ध गराएको हो । क्रोना भाईरसको संक्रमण विरुद्ध लडाईमा अग्रसर भै काम गरिरहेका ति पत्रकारहरुलाई १÷१ पिस केएन […]

सरकार ! दोषीलाई कारवाही गर

कावासाेती, ११ भदाै । नेपालमा दिनानु दिन महिला तथा बालिकाहरु बलात्कृत हुने घटना बढीरहँदा पनि सरकारले दोषीलाई कारवाही गर्न नसकेको राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नवलपरासीले आरोप लगाएको छ । उनीहरुले दोषीलाई कारवाही गर्न उदाषिन भएको भन्दै दोषीलाई कारवाहीको माग गर्दै आज जिल्ला प्रशासन कार्यालय नवलपुर मार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । राष्ट्रिय […]