पानीको बढ्दो चापको कारण त्रिवेणी ब्यारेजका सबै ढोका खोलियो

परासी, ८ असोज । अविरल मुष्लेधार बर्षाका कारण नारायणी नदीमा ठूलो बाढी आएपछी पानी निकासका लागि त्रीबेणी गन्डकको सबै ढोका खोलिएको छ। २ दिन देखि लागातार भारी वर्षाका कराण नारायणी नदीमा पानीको बहाव बढेपछि नेपाल भारत सिमामा रहेको गण्डक ब्यारेजको सबै ढोका खोलिएको हो।
नारायणी नदीमा पानीको बहावले नारायणी पुलमा चेतावनी सतह पार गरेको छ भने देभघाटमा खतराको चिन्ह समेत पार गरिसकेको छ। यो समाचार त्यार गर्दासम्म देबघाटमा ८.०४५ र नारायणी पुल नारायणघाटमा ११.३३ मिटर पानी चाप बढेको प्रशासन कार्यालयले जनाएको छ।

मुस्लेधार बर्षाले नदिमा पानीको चाप झनै बढ्दै जाने र खतरा बढ्दै जाने भएकाले पुर्बी नवलपरासी र पश्चिम नवलपरासीका नदि छेउछाउका वासिन्दाहरुलाइ सतर्क रह्न प्रशासनले आग्रह गाएको छ।

Related articles

राष्ट्रपतिदेखि सांसदको तलब १८ प्रतिशत बढ्यो, मन्त्रीको बेवास्ताले मेलम्ची ठप्प

काठमाडौं, १८ साउन ।  सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि संघीय संसदका दुवै सभाका सदस्यसम्मको मासिक तलबभत्ता १८ प्रतिशतले वृद्धि गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बिहीवार बसेको बैठकले साउन १ देखि लागू हुने गरी विशिष्ट पदाधिकारीको तलब वृद्धि गरेको हो । सरकारले जेठ १५ मा ल्याएको बजेटमा साउन १ देखि लागू हुने गरी राष्ट्रसेवक (कर्मचारी) […]

इन्धन बोक्ने ट्यांकरमा २९५ किलो गाँजाको चिप्पड

काठमाडौं. १६ असोज –पटक–पटक इन्धन बोक्ने ट्यांकरमार्फत तस्करी हुँदै आएको लागु औषधको कारोबार अझै रोकिएको छैन । प्रहरीले मंगलबार बिहान मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारबाट रक्सौलतर्फ इन्धन भर्न जाँदै गरेको ट्यांकरबाट ठूलो परिमाणमा गाँजाको चिप्पड बरामद गरेको छ । ‘मंगलबार बिहान करिब ५ बजे ना.४ ख ३९६९ नम्बरका ट्यांकर रोकेर चेकजाँच गर्ने क्रममा २९५ किलो गाँजाको चिप्पड […]