परासी, ५ असोज । ईम्नेष्टी ईन्टरनेशनल नेपाल समुह ३१ परासी नवलपरासीले दिप प्रज्वलन गरि विश्व शान्ती दिवस मनाएको छ । एम्नेष्टी नेपाल समुह ३१ परासी र पिस क्लब ईन्टरनेशनलको संयुक्त आयोजनामा रामग्राम स्तुपमा दिप प्रज्वलन कार्यक्रम गरि शान्तीको कामना गरेको हो । एम्नेष्टी समुह ३१ का संयोजक हुसैन अंसारीको अध्यक्षता तथा रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख आतिथ्यतामा सो कार्यक्रम गरि दिवस मनाइएको हो ।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख नरेन्द्र कुमार गुप्ता, अतिथि रामग्राम नगरपालिका ७ का वडा अध्यक्ष शिवशंकर हरिजन, नागरिक समाजका अध्यक्ष कैलाश ठाकुर, पिस क्लब ईन्टरनेशनलका अध्यक्ष सम्भु उपाध्याय, बुद्धिजिवि समाज नवलपरासीका अध्यक्ष मनोज कुमार, मिडिया एशोसिएसन नवलपरासीका अध्यक्ष बेचु गौड लगायतले दिप प्रज्वलन गर्दै विश्वमा शान्तीको कामना गरेका थिए ।