भ्रष्टाचारीकाे फाइल तामेलीमा राखेबापत अख्तियार प्रमुखलाई पदक दिँदा जनताले के पाए ? : सांसद कँडेल

0
181

काठमाडौं : ४ आश्विन, नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले संविधान दिवसकाे अवसरमा वितरण गरिएकाे पदकलाई लिएर प्रश्न गरेका छन् । सनणदसक रूयत जस्ता केहशि राम्राे व्यक्तिले पदक पाएपनि त्याे सँगै खराब व्यक्तिहरूले पनि पदक पाएकाे उनकाे टिप्पणी छ । ठुला भ्रष्टाचारका फाइल तामेलीमा राखे बापत अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगका अवकासप्राप्त प्रमसख आयुक्त नवीन घिमिरेलाई पदक दिइएकाे उनले प्रश्न उठाएका छन् ।

उनले आफ्नाे फेसबुकमा लेखेका छन् –
संविधान दिवसको अवसरमा प्राप्त पदक ले, डा.सन्दुक रूइत जस्ले आँखाको क्षेत्रमा देश र अन्तर्राष्ट्रीय क्षेत्रमा पुराएको योगदान ले नेपाल र नेपाली सम्मानित भएका छन अर्को तर्फ अ.दु.अ.आ.का प्रमुख आयुक्त नवीन कुमार घिमिरे अवकाश भै जादै गर्दा विभीन्न भ्रष्टाचार का ठूला भ्रष्टाचारीका फ़ाइल तामेली मा राखे वापत यों सरकारले दिएको पदक ले नेपाल र नेपाली लाई के दियो ? भ्रष्टाचारी को मुख न हेर्ने मुख मा पानी लिएर नबोल्ने/सड़क मा कोही भोका नरहने भनी बारम्बार बोल्ने हाम्रा प्रधानमंत्री संविधान दिवस मा पुष्पवृष्टि गर्दै गर्दा सहयोगी हाथ ले खुवाएका ति समाजसेवी,Covid 19 मा अहोरात्र अग्रपक्ति मा खटिएका स्वास्थ्य कर्मी,सुरक्षा निकाय,स्थानीय तह ,बाढ़ी र पहिरो मा खटिएका सुरक्षाकर्मी तथा समाजसेवी हरू प्रति के न्याय वा मुल्याकन गर्न सक्यो ? नियमावली को नियम ३४(क) मा “मानपदवी १००,अलंकार र पदक ५०/५०जना “गरी बढीमा जम्मा २०० लाई विभूषित गर्ने नियम भएता पनि आज ५९४ जना को सूची आयो , हो केही सम्मान योग्य छन तर अधिकांशतः मापदंड विपरीत छन जस्ले गर्दा मानपदवी,अलंकार र पदकको अवमूल्यन भएको छ । राणाशासन र पंचायती ब्यवस्था,शाही सरकार कार्यकाल को आलोचना गर्ने नैतिकता पनि प्रधानमंत्री के.पी.शर्मा ओली को छैन भन्नै मेरो धारणा हो बाक़ी यों समाजिक संजाल हेर्ने समग्र महानुभावहरूको विचार लाई उच्च सम्मानका साथ ग्रहण गर्ने छु धन्यवाद ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here