महाकवि देवकोटा नमुना माविद्धारा संचालित प्राबिधिक शिक्षा अटोमोबाइल ईन्जिनियरीङमा भर्ना खुल्यो

0
323

परासी, ३ असोज । महाकवी देवकोटा नमुना माबीद्वारा प्राबिधिक शिक्षा अटोमोबाइल इन्जिनियरीङको डिप्लोमा कोर्षमा अध्ययन गर्ने इक्छुक विद्यार्थीलाई भर्नाको लागि आव्हान गरेको छ। नवलपरासीको सुनवल ४ मा अवस्थित महाकवी देवकोटा नमुना माध्यमिक बिद्यालयले यसै शैक्षिक शत्र देखि ३ बर्षे अटोमोवाइल इन्जिनियरिङको डिप्लोमा कोर्षलाई अझ शशक्त रुपमा संचालनमा ल्याउएपछी इच्छुक उम्मेदवार विद्यार्थीले भर्ना हुन आव्हान गरेको हो।

बिद्यालयले आज शैक्षिक गतिविधि सम्वन्धी जानकारीमुलक कार्यक्रममा दिने क्रममा यहि असोज १४ गते भित्रसम्ममा विद्यार्थीहरु भर्ना भइसक्नुपर्ने जानकारी दिएको हो। जम्मा ४८ कोटा रहेको ३ बर्षे डिप्लोमा कोर्ष ६ सेमिष्टरमा पुरा हुने छ भने त्यसका लागी ४० साधारण कोटा, ४ पुणर् शुल्किय लक्षित कोटा, ४ वर्गिकृत निशुल्क छात्रवृत्ति कोटा रहेको विद्यालयले जनाएको छ ।

३ बर्षे अटोमोवाइल इन्जिनियरिङ डिप्लोमा कोर्ष पढ्न चाहानेले मान्यता प्राप्त संस्थाबाट एस.एल.सि पास गरेको वा एस ई इ मा विज्ञान विषयमा सि ग्रेड र अंग्रेजि विषयमा डि प्लस ल्याएको हुने पर्ने साथै टि.एस.एल सि पास गरेकाले कम्तिमा ६८.३३ प्रतिशत ल्याएको हुनेपर्ने छ ।

त्यस्तै कक्षा ११ र १२ का सवै विषयहरुमा विद्यार्थीको चाप अहिलेको विषम परिस्थतिमा पनि उत्तिकै रहेको र भर्ना हुन आउने विद्यार्थीहरुलाई कक्षा कोठाको अभावले भर्ना गर्न नसकिएको विद्यालयले जनाएको छ ।

शैक्षिक सत्र २०७१ साल देखि उच्च शैक्षिक नतिजा लगातार ५ बर्ष सम्म प्राप्त गरि नेपाल सरकारले निर्धारण गरेको सुचकहरु पुरा गरि जिल्लाकै अग्रणी स्थानमा रहि नमुना विद्यालय विकासमा छनौट भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालले जानकारी दिनुभयो । साथै विद्यालय सुधार गुरुयोजना निर्माण गरी सुनवल नगरपालिकाबाट स्वीकृत गराई कार्यान्वयनको चरणमा रहेको अध्यक्ष अर्यालले बताउनुभयो ।

त्यस्तै विद्यालयमा उच्च स्तरको विज्ञान प्रयोगशाला, वैकल्पिक उर्जाको व्यवस्था, इ हाजिरी , नर्ससहितको प्राथमिक उपचार केन्द्र, खेलकुद मैदान, सि.सि.टि.भि क्यामराको व्यवस्था, उच्च स्तरको कम्प्युटर प्रयोगशालाको व्यवस्था, विद्यार्थीहरुको लागी वस सुविधा, पुस्तकालय र कक्षा ५ सम्मका विद्यार्थीहरुलाई निशुल्क दिवा खाजाको व्यवस्था रहेको अध्यक्ष अर्यालले जनाकारी दिनुभयो ।

कोभिड महामारिको समयमा पनि विद्यार्थीहरुलाई पढाइ प्रतिको लगावलाई उत्तिकै कायम राख्न विद्यालय व्यवस्थापन समिति , शिक्षक शिक्षिका सवै लागी परेको व्यवस्थापन समिति सदस्य विष्णु पौडेलले बताउनु भयो ।
महाकवि देवकोटा माध्यामिक विद्यालयमा कक्षा नर्सरी देखि १२ कक्षा सम्म अंग्रेजी माध्यायममा पठनपाठन साथै कक्षा ९ देखि १२ सम्म नेपाली माध्यायमबाट पनि पठनपाठन हुने गरेको छ । कक्षा ११ र १२ मा विज्ञान , व्यवस्थापन , शिक्षा , मानविकी र कानुन संकायका विषयहरु संचालन रहेको छ ।

त्यस्तै सि.टि इ भि टि अन्तर्गत प्राविधिक धार तर्फ अटोमोवाइल इन्जिनेरिङ कार्यक्रममा टि.एस. एल. सि १८ महिने र ३६ महिने डिप्लोमा इन अटोमोवाइल इन्जिनियरिङ संचालनमा रहेको विद्यालयका प्रअ खेमलाल शर्माले जानकारी दिनुभयो ।
त्यसै गरि छोटो अवधिको प्राविधिक धारतर्फको तालिम विभिन्न बिषयमा संचालन रहेको, खुल्ला एस.ई.इ संचालन रहेको र प्रि रिक्वेस्ट कोर्स ९ प्राविधिक धार तर्फको पुरक पाठ्यक्रम संचालनमा रहेको प्रअ शर्माले जानकारी दिनुभयो ।

कोभिडका कारण पठनपाठन प्रभावित यस समयमा गाइडलाईनै वनाएर ५ ओटै चरणहरुबाट शैक्षिक गतिविधि संचालन गरेको विद्यालयका प्र अ शर्माको भनाई छ । जिल्लाकै नमुना विद्यालयका रुपमा रहेको यस महाकवि देवकोटा माध्यामिक विद्यालयमा शैक्षिक, व्यवस्थापकिय साथै भौतिक सवै क्षेत्र अव्वल रहेको विद्यालयका सहायक प्रअ रुकमागत वस्यालले बताउनुभयो ।

वि.स २०१६ सालमा सरस्वती प्रा.वि नामाकरण गरि स्थापना भएको विद्यालय वि.स २०३८ साल देखि कक्षा ९ र १० पठनपाठन सुरु गर्दै वि. स २०४० सालमा विद्यालयको नाम परिर्वतन गरि महाकवि देवकोटा बनाइएको थियो । वि.स २०५५ साल देखि कक्षा ११ र १२ संचालन भएको विद्यालयमा २०५९ साल देखि सि टि इ भि टि कार्यक्रममा टेक्नीकल एस एल सी को नाम परिर्वतन भई प्रि डिप्लोमा इन अटोमोवाईल इन्जिनेरिङ कार्यक्रम संचालन भएकोमा वि.स २०७६ सालमा डिप्लोमा इन अटोमोवाइल इन्जिनेरिङ विषयमा पनि सब इन्जिनियर संचालन हुदै आएको विद्यालयले जनाएको छ । हाल विद्यालयमा झण्डै २२ सय विद्यार्थी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here