आयुर्वेदिक औषधि बोकेर सरावल गाउँपालिकाका अध्यक्ष सहितको टोली संक्रमितको दैलोमा

0
518

परासी ,१६ भाद्र ।होम आइसोलेसनमा बसेका कोरोना संक्रमित पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले उनीहरुको अवस्था बुझ्न घरदैलो अभियान सुरु गरेको छ ।

होम आइसोलेसनमा रहेका संक्रमित र तिनका परिवारलाई भेट्न सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरी , प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पाैडेल, आयुर्वेद शाखा प्रमुख सन्तोष कुमार कहार लगाएतकाे टाेली होम आइसोलेसनमा पुगेका हुन ।

टाेलि स्वास्थ्य सावधानीका उपायको जानकारी र वैकल्पिक उपचार पद्धतिका लागि आयुर्वेदिक औषधि बोकेर गएका हुन । संक्रमितको स्वास्थ्य अवस्था बुझ्न, सजगताका उपाय सिकाउन र उनीहरुको मनोबल बढाउन घरदैलो अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले बताउनु भएको हाे।

गाउपालिका अध्यक्ष सहितको टोलीले संक्रिमतको घरमै पुगेर उनीहरुले आवश्यक मापदण्ड पुरा गरे नगरेको बारे जानकारी निरिक्षण गरिएको हो । संक्रमित बसेका केही घरमा निरिक्षण गर्दा आवश्यक मापदण्ड पुरा गरेरै बसेको पाईएको तथा तिनिहरुकाे अवस्था सामान्य रहेकाे पाइकाे छ ।

संक्रमितहरुलाई रोग प्रतिरोधत्मक क्षमता वृद्धि गर्ने च्यवनप्राश र अश्वगंधा चूर्ण तथा स्वास्थ सुरक्षा सामाग्रि हस्तान्तरण गरिएकाे हाे ।

हालसम्म सरावल गाउँपालिका अन्तर्गत ९ जनाकाे काेराेना पाेजेटिभि देखिएकाे हाे जसमध्ये १ जना निकाे भएर घर फर्कि सकेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here