आज थप ८८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि : नवलपरासीमा मात्र ८ जना

0
186

नवलपरासीमा आज ८ जना सहित देशभर ८८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । नवलपरासीकाे प्रतापपुर गाउँपालिकामा ७ र सरवाल गाउँपालिकामा १ जना गरि कुल ८ जनामा पुषटी भएकाे हाे । याे सहित जिल्लामा मात्र १९५ जनामा संक्रमीत भएका छन् भने केहि संचाे पनि भैसकेकाे स्वास्थय कार्यालयले जनाएकाे छ ।

देशभर संक्रमितको कुल संख्या ३४ हजार ४१८ पुगेको बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । 
उनका अनुसार पछिल्लो २४ घण्टामा ३८५ जना निको भएका छन् ।  जसमा प्रदेश नम्बर १ मा १ हजार ३ सय ५६, प्रदेश नम्बर २ मा ४ हजार ३ सय १५, बागमती प्रदेशमा ९ सय १९ र गण्डकी प्रदेशमा १ हजार ६ सय ५२ जना संक्रमित निको भएर घर फर्किएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ६ सय ५१, कर्णाली प्रदेशमा २ हजार १७ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ५ सय ९४ गरी आजसम्म १९ हजार ५ सय ४ जना डिस्चार्ज भएका छन् । यससँगै हालसम्म निको हुनेको कुल संख्या १९ हजार ५०४ पुगेको छ ।

आज देशभरी सक्रिय संक्रमित १४ हजार ७ सय ९९ जना रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार २ सय ६२, प्रदेश नम्बर २ मा १ हजार ८ सय ८१, बागमती प्रदेशमा ३ हजार ३९ र गण्डकी प्रदेशमा ३ सय ८७ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ७ सय ९४, कर्णाली प्रदेशमा ३ सय ५४ र सुदूरपश्चिम प्रदेशमा ९ सय ९४ गरी जम्मा ८ सय ७ सय ११ जना संस्थागत आइसोलेसनमा रहेका छन् । आज १ सय ५१ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । यस्तै भेन्टिलेटरमा १४ जना उपचाररत रहेका छन ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ३ सय २२, प्रदेश नम्बर २ मा ३ हजार ६ सय ७५, बागमती प्रदेशमा १ हजार ४ स ९९ र गण्डकी प्रदेशमा १८ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ सय ५४, कर्णाली प्रदेशमा २७ र सुदूरपश्चिम प्रदेशमा ३३ जना गरी होम आइसोलेसनमा ६ हजार २८ जना रहेका छन् । 

क्वारेन्टिनमा ९ हजार ८ सय ३२ जना रहेका छन् । प्रदेश नम्बर १ मा ८ सय ५६, प्रदेश नम्बर २ मा ९ सय ६८, बागमती प्रदेशमा ७ सय ६६ र गण्डकी प्रदेशमा २ हजार ३ सय ४३ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार १ सय ९९, कर्णाली प्रदेशमा ५ सय १४ र सुदूरपश्चिम प्रदेशमा ३ हजार १ सय ८६ जना रहेका छन् । 
पछिल्लो २४ घण्टामा  १३ हजार २९३ जनाको पीसीआर परीक्षण भएको छ । 

यसैबीच नेपालमा आज कोरोना भाइरस (कोभिड—१९) बाट थप ११ जनाको मृत्यु भएको छ । 
मन्त्रालयका अनुसार २ महिला र ९ जना पुरुष गरी ११ जनाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. गौतमले मोरङमा ४६ र भक्तपुरमा ५३ वर्षीया महिलाको मृत्यु भएको बताए । यस्तै कैलालीमा ४५ र ५० वर्षीय पुरुष, मोहत्तरीमा ६०, ७२ र ७५ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै बाँकेमा ३७ वर्षीय पुरुष, काठमाडौंमा काठमाडौं ५१ वर्षीय पुरुष र बारामा ४१ र ४६ वर्षीय ुरुषको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७५ पुगेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here