परासी, १० भदौ । पश्चिम नवलपरासीमा क्रोना भाईरसको संक्रमण बढदै गएपछि जिल्लाका स्थानिय तहहरुले आईशोलेसन सेन्टरलाई थप व्यस्थित गर्न लागेका छन् । जिल्लाका गाउँपालिकाकाहरुले आ–आफनो गाउँपालिकाका आईशोलेसन सेन्टरहरुलाई थप व्यस्थित बनाउदै पिसिआर परिक्षणको दायरा पनि बढाएका छन् । आईशोलेसन र क्वारेन्टाईनलाई व्यस्थित बनाउन सहमति संस्था गैंडाकोटले जिल्लाको सुस्ता गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
समुदाय स्तरमा कोरोना संक्रमण बढ्दै गएपछि गाउँपालिकामा रहेको आइसोलेसन र क्वारेन्टाइनलाई थप व्यवस्थित गराउन सहयोग पु¥याउने उद्देश्यले उक्त सामाग्री प्रदान गरिएको संस्थाका अध्यक्ष करुणा सागर सुवेदीले बताए । गाउँपालिकामा १ आइसोलेसन छ ।
आवश्यक परे विद्यालयहरुलाई समेत क्वारेन्टाइन बनाउन सहयोग पुग्ने उद्देश्यले ७ वटा विद्यालयहरुलाई समेत सामाग्री हस्तान्तरण गरिएको छ । लुथ्रन वर्ड रिलिफ नामक अन्तराष्ट्रिय संस्थाको सहयोगमा प्रदान गरिएका सामाग्रीमा अस्पताल बेड १० थान, पंखा ७५ थान, अक्सिजन सिलिण्डर, अक्सिजन कनेक्सन सेट, पीपीई, धाराजडित स्टिल ंिसंकलगायतमा छन् ।
त्यसैगरी कोरोना संक्रमणका कारण विपन्न समुदायहरु प्रभावित भएकाले उनीहरुको जीवीकोपार्जनमा सहयोग पुग्ने उद्देश्यले कृषि यान्त्रिक सामाग्री प्रदान गरिएको छ । ३ वटा सहकारी मार्फत वितरण गरिएका सामाग्रीमा बेसार रोप्ने, काट्ने, पिस्ने, प्याकिङ र तौल गर्ने १÷१ थान औजार छन् ।
त्यसैगरी मकै छोडाउने र काट्ने थ्रेसर मेसिन र धान तथा गहुँ काट्ने हाते मेशिन ३÷३ थान र ३ थान हाते ट्याक्टर तथा पानी तान्ने मोटरलगायत कृषि यान्त्रिक सामाग्री समेत वितरण गरिएको छ । प्रदान गरेका सामाग्रीहरुको लागत मूल्य २० लाख बराबरको रहेको संस्थाले जनाएको छ ।
प्रदान गरिएका सामाग्री बुझ्दै गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले कोरोना संक्रमण बढ्दै जाँदा यसले समुदायलाई समेत प्रभावित पारेको अवस्थामा आइसोलेसन, क्वारेन्टाइन निर्माण र समुदायको जीवीकोपार्जनमा यसले सहयोग पुगेको बताए ।