रामग्राम नगरपालिकाद्धारा PCR परीक्षण तिब्र

0
557

परासी,१ भाद्र । कर्मचारीमा काेराेना संक्रमण देखिएपछि नवलपरासीकाे रामग्राम नगरपालिका शुक्रबारदेखि शिल गरि समुदाय स्तरमा क्राेना परिक्षण अगाडी बढाइएकाे छ । क्राेना संक्रमण राेकथामका लागि नगरपालिकाले समुदाय स्तरमा क्राेना परिक्षण गर्दै नगरपालिकामा निषेधाज्ञा जारी गरेको छ ।

सदरमुकाम परासीमा रहेकाे नगरपालिका क्षेत्रमा समुदाय स्तरमा पीसीअार परीक्षण भैरहेको छ। जसमा हालसम्मको पी सी आर पोजेटिभ १० जना रहेका छन भने आइसोलेसन सेन्टर (पाल्ही क्याम्पस )मा ५ जना रहेका छन्। जसमध्य ४ जना रामग्रामको र १ जना पल्हिनन्दनको रहेकाछन्।

रामग्राम नगरपालिका एक जना कर्मचारीमा कोरोन पाेजिटिभ देखिएपछि जनप्रतिनिधि ,नगरपालिका कर्मचारी , स्वस्थकर्मी को contract tracing गरी समुदाय स्तरमा पीसीअार परीक्षण गरिएकाे थियाे जसमा गत साउन महिनामा २८ गते २४८ र २९ गते ३१ जना गरी जम्मा २७९ जना को RT – pcr टेस्ट को लागि स्याम्पल प्रादेशिक अस्पताल बुटवल पाठाइएकोमा २६७ जनाको रिपोर्ट negative र ३ जनाको रिपोर्ट positive आएको छ। ९ जनाको रिपोर्ट आउन बाकी छ। आज भाद्र १ गते ५४ जनाको contract tracing गरी RT -pcr टेस्टको लागि sample पठाइएको छ।

रामग्राम नगरपालिकाको quarantine मा हाल सम्म विदेश बाट आएका मा महिला १३७ पुरुष ३१८ र अन्य १ जना गरि जम्मा ४५६ जना आएको record मा उलेख् छ। जसमध्ये Rdt परीक्षण गरेको Negative २९१ जना र positive ११ गरी जम्मा ३०२ जना रहेका छन। pcr परीक्षण गरेको Negative १७० र positive ३ जना गरि जम्मा १७३ जना रहेका छन्। विदेश बाट आएर होम quarantine मा बसेका जम्मा ९२ जना छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here