परासी, २ भदाै । आज निषेधाज्ञाको दोश्रो दिनपनि नवलपरासी सुनसान छ । जिल्लामा क्रोना संक्रमण बढदै गएपछि क्रोनाको चैन ब्रेक र मान्छेहरूलाइ बाहिर निस्किन नदिनका लागि जिल्ला प्रशासन कार्यालयले श्रावण ३१ गतेराती १२ बजदेखि निषेधाज्ञा जारी गरेको थियो । जिल्लामा निषेधाज्ञा जारी भएपछि जिल्लाका बजार र चोकच ौराहाहरु सुनसान बनेका छन् भने मान्छेहरुपनि अनावश्यक रुपमा बाहिर हिलडुल गरेको पाइएको छैन ।
क्रोना भाईरसको संक्रमण रोकथामका लागि जारी गरिएको उक्त निषेधाज्ञा भदाै ६ गते रातीसम्म रहने र यसलाई सबैले पुर्ण रुपमा पालना गर्ने जिल्ला प्रशासनले आग्रह गरेको छ ।
निषेधज्ञाको अवधिभरि सर्वसाधारणहरु विहान र साँझ सामाजिक दुरी कायम गर्दै सुरक्षा अपनाएर तरकारी र खाद्यन्न किनमेल गर्न सकिने छन । त्यस्तै सरकारी एवं बैंक तथा वित्तीय संस्थामा विद्युतीय सेवाबाहेक सर्वसाधारणको उपस्थितिमा गरिने सबै सेवा बन्द गरिएको छ । अनावश्यक रुपमा कसैलाई पनि हिँड्डुल गर्नसमेत रोक लगाइएको छ ।