देशभर युरिया मलको चरम अभाव, नेपाल आइपुग्न अझै २० दिन लाग्ने

काठमाडौं, १ भदाै । चार महीना गुजरातको कान्डला बन्दरगाहमा अडकिएर २ साताअघि मात्र कोलकाता बन्दरगाह पुगेको युरिया मल सबै नेपाल आउन अझै २० दिन लाग्ने भएको छ ।

देशभरका कृषक युरिया मलको चरम अभाव झेलिरहँदा कृषि मन्त्रालयले आयात गरेको २१ हजार ५ सय मेट्रिक टन युरियामध्ये २ सय ५० मेट्रिक टन मात्र सोमवार (आज) विराटनगर आइपुग्दै छ । धानबालीका लागि मात्रै अहिले ३० हजार मेट्रिक टन युरियाको माग रहेका समयमा यो परिमाण अत्यन्त न्यून रहेको कृषि मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

कोलकाता बन्दरगाहमा रहेको बाँकी मल नेपाल आइपुग्न अझै २० दिन लाग्ने कृषि मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ शिरिष पुनले बताए । साल्ट ट्रेडिङले बन्दाबन्दीअघि नै दुबईस्थित मल्टी कमोडिटिज कम्पनीमार्फत ओमानबाट किनेको युरिया मल बन्दाबन्दीकै कारण गुजरातको कान्डलामा आएपछि अलपत्र परेको थियो ।

धान रोपाइँ सकिएसँगै कृषकलाई अहिले युरियाको आवश्यकता छ । तर, रासायनिक मल विक्री वितरणको जिम्मा पाएका साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनी लिमिटेडका गोदाममा युरिया मलको मौज्दात लगभग सकिएको छ । दुवै कम्पनीसँग अहिले डीएपी १८ हजार मेट्रिक टन र पोटास २ हजार ६ सय मेट्रिक टन मौज्दात रहेको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा  प्रशान्त खड्काले लेखेका छन् । 

Related articles

बल्ल तात्यो प्रहरी : ठुला तस्कर चुपचाप, साना तस्करको भागम–भाग

परासी, १५ कार्तिक । विगत लामो समयदेखि प्रहरी एवं तस्करहरुको सेटिङ्गमा भैरहेको चोरी तस्करीमा यतिबेला लगाम लागेको छ । सिमा क्षेत्रमा बसोबास गर्ने विभिन्न सर–समानको तस्करी गर्दै आएका स्थनिय तस्करहरु प्रहरी संग सेटिङ्ग मिलाएर विभिन्न सर–सामानको तस्करी गर्दै आएका थिए तर चोरी तस्करी प्रति जन गुनासो बढेपछि प्रहरी माहौल मिलाउन यतिबेला स–साना तस्करहरुलाई चपेटामा लिने […]

उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य भरत थापा सम्मानित

परासी, २८ चैत । सुनवल नगरपालिकाका नगर प्रमुख तथा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य भिम बहादुर थापाक्षेत्री एक कार्यक्रम बिच सम्मानित भएका छन् । नेपाल उद्योग बाणिज्य महासंघको ५३ बार्षिक साधारण सभामा नगर प्रमुख भरत थापालाई नवलपरासी उद्योग बाणिज्य संघले निर्माण गरेको तिरुपति बहुद्देशिय सभा गृह भवनमा ठुलो रकम सहयोग गरेकाले महासंघले सम्मान गरेको […]