सामाजिक दुरी कायम गरी न्याय सम्पादन हुदै : उपाध्यक्ष उत्तमा राय

0
395

परासी ,३१ साउन। देश लकडाउनमा भएपनि नवलपरासी जिल्लाकाे स्थानीय तहका न्यायिक समितिको काम ठप्प भएको छैन । बढ्दै गएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै न्यायिक समितिले स्वास्थ्य सुरक्षा अपनाउँदै सामाजिक दुरी कायम गरी न्यायिक समितिले काम गरिरहेका छन् ।

सरावल गाउँपालिकाको न्यायिक समितिमा अार्थिक बर्ष २०७६/०७७ असार मसान्तसम्म १०८ वटा मुद्दा दर्ता भएको थियाे। जसमध्ये ३९ वटा मुद्दा छिनोफानो भइसकेकाे र ६९ वटा प्रक्रियामा रहेको छ । अधिकांश मुद्दाहरु जग्गा बिवाद, घरायसी झैँ झगडा रहेको सरावल गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक उत्तमा रायले बताउनुभएको हाे । कोरोनाको जोखिम बढ्दै गएको बेलामा स्वास्थ्य सुरक्षाको सावधानी अपनाउँदै सामाजिक दुरी कायम गरी न्याय सम्पदान गर्ने गरिएको उनले जानकारी दिइन् ।

पक्षविपक्ष र न्यायिक समितिका पदाधिकारी बसेर दुवै पक्षका कुरा सुनेर सहमतिमा मुद्दा टुंग्याउने गरिएको छ। गाउँपालिकामा आउने मुद्दा न्यायिक समितिको क्षेत्राधिकारभित्र पर्छ वा पर्दैन भन्ने हेरेर निरूपण गर्ने गरिएको रायले बताइन। न्याय निरूपण कार्य राजनीतिक भाषण गरेजस्तो सजिलो भने छैन,’ उनले भनिन्, ‘दुवै पक्षलाई चित बुझ्ने गरी न्याय निरूपण गर्नु गाह्रै काम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here