सुनवल नगरपालिका वडा ९ का अध्यक्ष कन्हैया थारु चढने सरकारी मोटरसाईकल घरबाटै चोरी

0
429

परासी, ३० श्रावण । सुनवल नगरपालिका वडा ९ का अध्यक्ष कन्हैया थारुको घरबाट उनी चढने सेतो प्लेटको मोटरसाईकल राती चोरी भएको छ । कार्यालय प्रयोजनको लागि नगरपालिकाले वडा अध्यक्ष थारुलाई दिएको उक्त मोटरसाईकल राती घरको कम्पाउण्डमा राखिएको अवस्थामा चोरी भएको होे ।

नगरपालिकाले सबै वडा अध्यक्षहरुलाई कार्यालय प्रयोजको लागि सेता प्लेटको मोटरसाईकल उपलब्ध गराएको छ । वडा अध्यक्ष थारुले पाएको लु १ ब १९२९ नम्बरको होण्डा साईन सरकारी मोटरसाईकल उनको घरबाट राती चोरी भएपछि खोजी कार्य भैरहेको वडा अध्यक्ष थारुले जानकारी दिए ।

बाइककाे सुरक्षाकै लागि उनी सधंै कार्यालयको कामकाज र जनताको सेवा कार्य सकेर घर आई मोटरसाईकल कम्पाउण्ड भित्रै राख्ने गर्दथ्ये तर कहिलेपनि चोरी भएन गएराती मात्र चोरी भयो । ‘‘घरको कम्पाउण्डमा मेरा कार, मेरा व्यक्तिगत मोटरसाईकल सहित विभिन्न सर–समान भएपनि चोरले सरकारी बाईक नै चोरेर लगेको” उनी अचम्म मान्दै मोटरसाईकलको खोजी कार्य भैरहेको अध्यक्ष थारुले जानकारी दिए । बाईक चोरीको घटना ईलाका प्रहरी कार्यालय सुनवललाई खबर गरेपछि प्रहरीले खोजी कार्यमा तिब्रता दिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here