सरावल ४ मा राेग प्रतिरोधात्मक क्षमता बढाउन होमियोप्याथीक औषधि वितरण

परासी ,२८ साउन। नवलपरासीको सरावल गाउँपालिका वडा नं. ४ का विभिन्न टाेलमा राेग प्रतिराेधात्मक क्षमता बृद्धि गर्ने हाेमियाे प्याथिक अाैषधि निशुल्क बितरण कार्य सुरु गरिएको छ ।

मरवाडी सेवा समिति काठमाडौंकाे साैजन्यमा तथा जनकल्याण प्रतिष्ठान नेपाल एकल बिद्यालय अभियान र समाजसेवी बिनाेद पाण्डेयकाे पहलमा सरावल गाउँपालिका वडा नं. ४ काे अायाेजनामा “आर्सेनिक अल्वम ३० सी ” नामक होमियोप्याथी औषधि वितरण सुरु गरिएको हाे।

सरावल गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष छाेटेलाल यादवले स्थानीय जनतालाई स्वास्थमा समस्या नहोस भनेर रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नकाे लागि गाेबरहिया,हात्तिवन,पुर्नहा,मंगलापुर,ललितपुर र बडसारमा बितरण गरिने जानकारी दिनु भएको छ ।

त्यस्तै समाजसेवी बिनाेद पाण्डेयले होमियोप्याथी अाैषधीले रोगको किटाणु लाग्नै नदिने र लागेकालाई पनि रोग प्रतिरोधात्मक क्षमता वृद्धि गरी निको गर्ने बताउदै अहिले बाँडिएको औषधि कोभिड-१९ कै औषधि नभई मानिसमा प्रतिरोधात्मक क्षमता बढाउने रसायन रहेको जानकारी दिनुभएको हाे ।

औषधि बितरण गर्दै विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट सुरक्षीत हुनका लागि साबुनपानीले हात धुने,सेनिटाइजरकाे प्रयाेग गर्ने ,मास्क लगाउने ,समाजिक दुरी कायम गर्ने जस्ता संक्रमणबाट जोगिने उपायका बारेमा जनताहरुलाई जानकारी गराएका हुन ।

राेग प्रतिरोधात्मक क्षमता बढाउन होमियोप्याथी औषधि वितरणमा वडा नं. ४ वडा अध्यक्ष छाेटेलाल यादव,वडा सदस्य सुर्य नरायण यादव,वडा सदस्य बिमलावति हरिजन ,समाजसेवी तथा नेपाली काङ्ग्रेस सरावल गाउँपालिका सभापति बिनाेद पाण्डे , वडा सचिव इन्द्र कमल यादव,कार्यलय सहयाेगी राजेश यादव, बुद्ध ज्याेति प्रा.बि.का शिक्षक मनाेज हरिजन ,शिवरतन हरिज लगाएको सहभागीता रहेकोे थियाे।

Related articles

कांग्रेस उपसभापति गिरीको सम्झनामा सुबासचन्द्र चाेक नामाकरण

परासी ,१३ भदौ । नेपाली कांग्रेस पश्चिम नवलपरासीका उपसभापति सुवाशचन्द्र गिरीको १३ अाैँ दिनकाे पुण्य तिथिमा नेपाली काङ्ग्रेसकाे अायाेजनामा श्रद्धाञ्जली अर्पण सम्पन्न भएको छ । कांग्रेस उपसभापति गिरीलेपार्टी र समाजमा पुर्याएकाे अतुलनीय याेगदानलाई सम्मान गर्दै वहाँकाे सम्झना सबै माझ स्मरण रहिरहाेस भनेर रामग्राम ८ लाेहसडामा सुबास चन्द्र चाेक नामाकरण गरि ब्यानर समेत स्थापित गरिएको छ। […]

राहत बितरणमा एकरुपता हुनु पर्नेमा सबैको चांसो

परासी ,२४ चैत । राहत बितरणलाई थप प्रभावकारी र ब्यवस्थीत बनाउन जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले देखाएको चासो प्रति बिभिन्न संघ संस्थाहरुले स्वागत गरेका छन् । मधेश युवा उत्थान विकास मन्चले आज बिज्ञप्ती जारी गर्दै राहत बितरणलाई थप पारदर्शी बनाउन प्रशासनले देखाएको चासोलाई सकारात्मक रुपमा लिदै प्रशासनको परामर्शमा राहत बितरण गर्नुपर्ने मन्चले माग राखेको छ […]