सशस्त्र प्रहरीद्वारा अवैध माछा बरामद

परासी २७ श्रावण । पश्चिम नवलपरासी जिल्लाकाे दक्षिणी सिमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले माछा नियन्त्रण लिएको छ । मंगलबार विहान सशस्त्र प्रहरी नेपाल बाेर्डर आउट पाेष्ट गुठी प्रसाैनीले भारतबाट अवैध रूपमा ( ७० किलो ) २४ हजार ५ सय मुल्य बराबरको माछा नेपाल तर्फ ल्याउदै गरेको सुस्ता गाउँपालिका वडा न.५ धोबहा खोला (टुटहा) बाट माछा नियन्त्रणमा लिइ कार्वाही चलाएकाे छ ।

सकृय बन्दै गएकाे सशस्त्र प्रहरी निरीक्षक संतोष खरेलको नेतृत्वमा खटिएकाे गस्तीटाेलीले साे माछा मंगलबार बिहान नियन्त्रणमा लिन सफल भएकाे हाे ।
मोटरसाइकलमा राखेर माछा ल्याउदै गर्दा सशस्त्र प्रहरीलाई देखेर माछा फालेर मोटरसाइकल सहित मानिस भागेकाे प्रहरी निरिक्षक अधिकारीले बताए । नियन्त्रणमा लिइएकाे साे माछा दिउँसो स्थानिय , पत्रकार, सुरक्षाकर्मीहरूको राेहबरमा नष्ट गरिएकाे छ ।

Related articles

रामग्राम नगरपालिका ९ मा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना

परासी, २३ जेष्ठ । रामग्राम नगरपालिका वडा ९ जोकवारमा आधारभुत स्वास्थय सेवा सुचारु भएको छ । वडाबासीहरुलाई स्वास्थय सेवा प्रदान गर्न नगरपालिकाले वडामा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना गरि आजदेखि उपचार सेवा सुचारु गरेको वडा अध्यक्ष सुनिल पाठकले जानकारी दिएका छन् । वडाअध्यक्ष पाठकका अनुसार सो केन्द्रमा एक जना हेव, एकजना स्टाफ नर्स र एक […]

राहत बितरणमा एकरुपता हुनु पर्नेमा सबैको चांसो

परासी ,२४ चैत । राहत बितरणलाई थप प्रभावकारी र ब्यवस्थीत बनाउन जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले देखाएको चासो प्रति बिभिन्न संघ संस्थाहरुले स्वागत गरेका छन् । मधेश युवा उत्थान विकास मन्चले आज बिज्ञप्ती जारी गर्दै राहत बितरणलाई थप पारदर्शी बनाउन प्रशासनले देखाएको चासोलाई सकारात्मक रुपमा लिदै प्रशासनको परामर्शमा राहत बितरण गर्नुपर्ने मन्चले माग राखेको छ […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *