नवलपरासीमा ३ मोटरसाइकल सहित ७ लाख २४ हजारकाे अवैध चल्ला सहित मालसमान बरामद

संजय कुशवाहा / जितेन्द्र गुप्ता

महेसपुर, २६ श्रावण । पश्चिम नवलपरासीमा ५ लाख ३९ हजार ६ सय मुल्य बराबरको २ थान मोटरसाइकल सहित अवैध कुखुराका चल्ला बरामद भएकाे छ । पाल्हीनन्दन गाउँपालिका वडा न.६ राजाबारी सोमबार विहान भारतबाट अवैध रूपमा युपी ५६ यल ०५७५ र युपी ५६ डी २४४८ नम्बरको भारतीय मोटरसाइकलमा राखी नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा करिब ३९ हजार ६ सय मुल्य बराबरको ४४ गोट बोइलर कुखुरा र ४ लाखकाे चल्ला सशस्त्र प्रहरीले बरामद गरि नषट गरेकाे हाे । शसस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर बेलासपुरबाट गस्तीमा खटिएकाे प्रहरी टाेलीले उक्त अवैध कुखुरा र चल्ला बरामद गरि नषट गरकाे गणले जनाएकाे छ ।

स्थानिय तस्करहरूले भारतबाट अवैध रूपमा नेपाल ल्याउदै गरेको ४ लाख मुल्य बराबरको ५५ कार्टुन ५ सय गोटा कुखुराको चल्ला सशस्त्र प्रहरी बल नेपाल न: २६ गण का सशस्त्र प्रहरी निरीक्षक जनकजन भन्डारीको कमाण्डमा खटिएको टोलीले बरामद गरेकाे थियाे । नियन्त्रणमा लिइएको २ थान भारतीय मोटरसाइकल आवस्यक कार्वाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको बरामद बोइलर कुखुरा र चल्ला स्थानिय बासिन्दा, पत्रकार, सुरक्षाकर्मीहरूको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल न. २६ गणले जानकारी दिएको छ ।

त्यस्तै नेपाल प्रहरीले पनि एक भारतीय माेटरसाइकल सहित १ लाख ८५ हजार मुल्य बराबरकाे विभिन्न सर समान बरामद गरि अाश्यक कार्वाहीकाे लागि महेसपुर भन्सार कार्यालय पठाइएकाे प्रहरीले जनाएकाे छ ।

Related articles

बारा-पर्सामा भिषण हावाहुरीः मृतककाे संख्या ३१ पुग्यो

काठमाडौं, १८ चैत । आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बारा र  पर्सामा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । ५०० भन्दा बढी घाइते छन् । हावाहुरीले बारामा मात्रै २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।ठूलो हताहती भएकाले  कतिपय मृतकहरुको पहिचान हुन सकेको छैन । घाइतेको संख्या बढेपछि अस्पताल भरिएको र उपचारमा […]

नुवाकोट मिनीट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो, ५ को सनाखत

नुवाकोट २९ मंसिर । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१, घ्याङफेदीमा शुक्रबार साँझ भएको मिनीट्रक दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुगेको छ । घाइते १५ जनाको काठमाडौंमा उपचार भइरहेको छ । बा ३ ख ३९१३ नंं को मिनीट्रक दुर्घटना हुँदा १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईका अनुसार थप […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *