युवा सचेतना संस्थाले गर्याे निशुल्क मास्क बितरण

परासी,२६ साउन । पश्चिमी नवलपरासीको रामग्राम नगरपालिका वडा नं. १२ परासी भुमहि सडकखण्डकाे शान्तिचाेकमा निशुल्क मास्क बितरण एवं चालक सम्मान कार्यक्रम गरिएको छ। युवा सचेतना संस्था रामग्राम २ नवलपरासीको अायाेजना तथा जिल्ला प्रहरी कार्यालय ,ट्राफिक प्रहरी कार्यालय,भाेजपुरी पत्रकार हकहित संरक्षण संस्था ,कालिका युवा क्लब ,साझा युवा क्लब,परिवर्तन सामाजिक बिकास संस्था ,पाल्हिनन्दन समाज उत्थान संस्था तथा साेसल युवा क्लबकाे संयुक्त समन्वयमा युवा सचेतना संस्थाका अध्यक्ष ईमामुल अलिकाे संयाेजकत्वमा निशुल्क मास्क बितरण एवं चालक सम्मान गरिएको हाे।

समुदाय स्तरमै कोरोनाको संक्रमण फैलिदैँ गएको तर मानिसहरुमा माक्स नलगाई हिँड्ने हेल्चेक्राई बढ्न थालेपछि यो अभियान सञ्चालन गरिएको युवा सचेतना संस्थाका अध्यक्ष अलिले जानकारी दिनुभएको छ। निशुल्क मास्क बितरण एवं चालक सम्मानकाे क्रममा भेटिएका अधिकांश व्यक्तिहरुले माक्स भएपनि नलगाई हिँडेको तथा कतिपयले माक्स नै नलगाउने गरेको पाईएको थियो । उनीहरलाई सम्झाई बुझाई गर्नुका साथै माक्स नभएकालाई माक्स वितरण गरिएको तथा सवारीसाधनकाे सम्पुर्ण कागजात रहेकाे र मास्क लगाएकाे सवारीचालकलाई खादा अाेढाई सम्मान गरिएको थियो ।

“बिश्व अभियानका लागि युवा सहभागीता,राेजगारी प्रवर्द्वन र वातावरण संरक्षणमा युवा संलग्नता” मुलनारामाे साथ अन्तर्राष्ट्रिय युवा दिवस २०२० काे अवसरमा अायाेजित निशुल्क मास्क बितरण एवं चालक सम्मान कार्यक्रममा ५० जना चालकलाई खादा अाेढाई सम्मान गरिएको तथा ३०० निशुल्क मास्म बितरण गरिएको कार्यक्रममा युवा सचेतना संस्थाका अध्यक्ष ईमामुल अलि,रामग्राम नगरपालिका वडा २ वडा सदस्य धिरज हलुवाई ,भाेजपुरी पत्रकार हकहित संरक्षण संस्था अध्यक्ष उमेश कुमार कि.क , पत्रकार रन्जित शर्मा ,राज चाैधरी ,प्र.ना.नि बाैद्ध शंकर थारु,प्र.स.नि हुमनाथ पाैडेल,प्र.ह तिलक राम भट्टराई ,प्र.स.नि संगित परियार ,संस्थाका वरिष्ठ सल्लाहकार सुधिर चोैधरी ,सचिव समासद जाेल्हा लगाएतकाे उपस्थिति रहेको थियाे।

Related articles

नवलपरासीका चिनी मिलमा भारतिय उखुकाे चापले जिल्लाका किसान मर्कामा

परासी, १०  फागुन । बिचाैलिया मार्फत भारतीय उखुकाे चिनी मिलहरूमा बिगबिगी बढन थालेपछि उखु किसानहरू थप समस्यामा परेका छन्र । यता  पश्चिमी नवलपरासीका तिनै चिनी मिलहरू ढिलाे संचालनमा अाउनु र अर्काे तर्फ सस्ताेमा भारतीय उखुकाे बिगबीगीले उखु किसानहरूकाे उखु ताैल नहुनु र पुर्जी समेत नपाउनु जस्ता समस्याहरू देखिएकाे किसानहरू गुनासाे गर्दछन्र । चीनी मिलहरू बिचाैलियाहरूलाइ […]

पर्यटन प्रवद्र्धन गर्न नवलपरासीमा सडक खाना महोत्सव हुने

बर्दघाट, ८ माघ । सडक मै खाआंै सडकमै रमाआंै भन्दै पर्यटन प्रवद्र्धन गर्ने योजनाका साथ नवलपरासीको बर्दघाटन नगरपालिकामा तिन दिवसिय सडक खाना महोत्सव हुने भएको छ । नेपाल भम्रण बर्ष २०२० को अवसर पारी होटल तथा रेष्टुरेन्ट व्यवसायी सघं नवलपरासी र मदिरा व्यवसायी सघं नवलपरासीको संयुक्त आयोजनामा पर्यटन प्रवद्र्धन गर्न आन्तरिक तथा बाहय पर्यटन तान्ने […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *