प्रहरीद्वारा २ लाख ८४ हजारको मालसामान बरामद

🔹संजय कुशवाहा-

परासी, २५ साउन । पश्चिम नवलपरासी जिल्लाकाे विभिन्न ठाउबाट २ लाख ८४ हजार २ सय मुल्य बराबरको अवैध मालसामान प्रहरीले नियन्त्रण गरेको छ । पाल्हिनन्दन गाउँपालिका वडा न.२ भक्शिपुरबाट आईतवार विहान सिमा प्रहरी चौकी महेशपुरले भारतबाट भन्सार छलेर अवैध रूपमा नेपाल ल्याउदै गरेको साडी , कुर्ता ,सुलवार लगायत विभिन्न किसिमको कपडा ,मोटरसाइकल तथा साईकलको पार्टपुर्जा करिब १ लाख ९ हजार ७ सय मुल्य बराबरको मालसामान नियन्त्रणमा लिएको हो ।

त्यसैगरी भारतबाट अवैध रूपमा नेपाल ल्याउदै गरेको यु पी ५६ यस २९७१ नम्बरको भारतिय मोटरसाइकलमा राखी ल्याउदै गरेको बनारसी साडी १८ थान ,महिलाले घाटीमा लगाउने माला र सिन्दुरको डब्बा ५०/५० दर्जन प्रहरी चौकी सनईको टोलीले रामग्राम नगरपालिका वाड न.९ पिपरवाबाट मोटरसाइकल सहित नियन्त्रण गरेको छ ।

उक्त नियन्त्रण गरिएको मालसामान मोटरसाइकलमा राखेर लैजादै गर्दा प्रहरीलाई देखेपछि मोटरसाइकल सहित सामान फालेर भागेका थिए । नियन्त्रण गरिएको मोटरसाइकल र समानको मुल्य १ लाख ७४ हजार ५ सय बराबरको रहेको छ ।

उक्त मालसामान र मोटरसाइकल आवश्यक कारबाहीका लागी महेसपुर भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।

Related articles

नव प्रतिभा सहकारीको क्षेत्रीय साधारण सभा सम्पन्न,

बर्दघाट, १२ पुष । दिगो लक्ष्य प्राप्तिका लागी सहकारी भन्ने नराका साथ नव प्रतिभा बचत तथा ऋण सहकारी संस्था लिमिटेड सेवा केन्द्र बर्दघाट ४ बर्दघाटको आयोजनामा क्षेत्रीय साधारण सभा विहिबार बर्दघाटमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष चन्द्रमणि खरेलको अध्यक्षता एवं बर्दघाट नगरपालिका नगर प्रमुख धिरनज शर्मा बस्यालको प्रमुख आतित्थ्यतामा कार्यक्रम सम्पन्न कार्यक्रममा बर्दघाट सेवा […]

उखु किसानहरु अझै पाएनन ३० करोड भुक्तानी : मिलमालिक विरुद्ध गठी मुद्दा चलाउन आग्रह

परासी, १२ श्रावण । नवलपरासी जिल्लाको ३ वटै चिनी मिलबाट नयाँ÷पुरानो गरि किसानहरुले ३० करोड रुपैया भुक्तानी पाउनु पर्ने छ तर मिल संचालकहरु किसानलाई छक्याउदै आलटाल गर्दै आएका छन् । भुक्तानीका लागि दबाब दिन किसानहरुले चिनी मिलहरुमा लगाउने ताला खुलाउन, संचालकहरु नक्कली आँशु झार्दै प्रशासनलाई गुहार्ने र किसानलाई ईमोशनल ब्लेकमेल गर्दै मिलको ताला खुलाउन वित्तिकै […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *