प्रहरीद्वारा २१ लाखको १४९बोरा अबैध युरिय मल बरामद

0
275

🔹संजय कुशवाहा-

परासी साउन २४। पश्चिम नवलपरासीले २१ लाख ४ हजार ३ सय मूल्य बराबरको युरिया मल सहित २ वटा पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो रामग्राम नगरपालिका वडा न.५ बाइपास चोक ( परासी – महेशपुर सडक खण्ड ) मा महेशपुर तर्फबाट परासी तर्फ आउदै गरेको ना ४ च ८३८८ र ना ५ च २९२६ नम्बरको पिकअपमा १४९ बोरा युरिया मल फेरा पारी सोधपुछ गर्दा उक्त मल संग कुनै पनि कागजपत्र फेला नपरेको दुबै पिकअपका चालक सहित पिकअप र युरिया मल तत्काल नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको युरिया मल प्रति बोरामा ५० किलो को दरले १ सय ४९ बोरामा प्रति बोरा ७ सयको दरले १लाख ४ हजार ३ सय मुल्य बराबरको र प्रति पिकअप १० लाखका दरले २ वटा पिकअपको २० लाख गरि जम्मा २१ लाख ४ हजार ३ सय मुल्य बराबरको रहेको छ।

नियन्त्रणमा लिएको २ वटा पिकअप ,२ जना चालक र १४९ बोरा युरिया मल आवश्यक कारबाहीका लागी महेसपुर भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here