प्रहरीले लियो १ लाखको मालसामान नियन्त्रणमा

0
210

🔹संजय कुशवाहा-

परासी, २१ श्रावण । पश्चिम नवलपरासी जिल्लाकाे दक्षिणी सिमावर्ती क्षेत्र सरावल गाउपालिका वडा न.६ बड्सारेबाट बुधबार प्रहरी चौकी महेशपुरले नेपालबाट भारत तर्फ अवैध रूपमा भित्र्याउनको लागि कैले भारतबाट नेपाल भित्र्याउनको लागि मटर (केराउ ) साडी ,लेडिज कुर्ता ,जेन्स भित्री कपडा ,धनियाको बिउ लगायत करिब १ लाख १ हजार ३ सय ८० मुल्य बराबरको मालसामान नियन्त्रणमा लिइ कार्वाही चलाएकाे छ ।
उक्त नियन्त्रण गरिएको मालसामान साइकल र मोटरसाइकलमा राखेर लैजादै गर्दा प्रहरीलाई देखेपछि सामान फालेर भागेका थिए ।
सकृय बन्दै गएकाे सिमा प्रहरी चौकी महेशपुरको नेतृत्वमा खटिएकाे गस्तीटाेलीले साे मालसामान नियन्त्रणमा लिन सफल भएकाे थियो ।

उक्त मालसामान आवश्यक कारबाहीका लागी महेसपुर भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here