परासी ,१९ साउन। नवलपरासी जिल्लाकाे सरावल गाउँपालिकाले रक्षाबंधनका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
श्रावण महिलाको शुक्ल पुर्णिामा आज १९ गते साेमवारका दिन हिन्दु धर्मावलम्बीहरुकाे चाड पर्व रक्षाबंधन ( जनै पुर्णिामा ) परेको हुनाले सरावल गाउँपालिकाले सुचना निकालेर सार्वजनिक विदा गरेको छ ।
रक्षाबन्धन पर्व भनेकाे दाइभाइ र दिदीबहिनी काे सम्बन्धलाई अझै राम्रो बनाउने पर्वकाे रुपमा रक्षा बन्धनलाई मानिन्छ । दाइभाइलाई दिदीबहिनीले रक्षा बन्धन बाध्ने , मिठाइ खुवाउने , टीका लगाउने कार्य गरिन्छ अनि मिठाे मिठाे प्रकार काे खाना बनाउने खाने गर्छन् ।
नेपालको तराईक्षेत्रमा भने रक्षाबन्धन पर्व दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाउने गरिन्छ । यसबाट दिदी बहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने धार्मिक विश्वास रहेको छ ।