प्रहरीद्वारा ३ लाख २२ हजारको मटर,अौषधी र खसी बरामद

🔹संजय कुशवाहा-

परासी, १८ साउन । पश्चिम नवलपरासीको बिभिन्न ठाउँबाट ३ लाख २२ हजार मूल्य बराबरको अबैध मालसामान प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार बिहान सरावल गाउँपालिका वडा नं. ७ बलन्दपुरमा नेपालबाट भारततर्फ अबैधरुपमा लग्दै गरेको ५० हजार मुल्य बराबरको ११ बोरा (५ क्युन्टल ) मटर (केराउ) प्रहरी चौकी महेशपुर र भुजहवा प्रहरी चौकी नियन्त्रणमा लिएको हो ।

यसैगरी पाल्हिनन्दन गाउँपालिका वडा नं. २ गोपालपुरमा भारतबाट नेपाल तर्फ अबैध रूपमा लग्दै गरेको १ लाख ८२ हजार ४ सय ४२ मुल्य बराबरको विभिन्न ५८ किसिमको अबैध अौषधी प्रहरी चौकी महेशपुरले नियन्त्रणमा लिएको छ ।

यसैगरी प्रतापपुर गाउँपालिका वडा न.२ सेमरीमा भारतबाट नेपाल तर्फ अबैध रूपमा ल्याउदै गरेको ९० हजार मूल्य बराबरको ९ वटा खसी इलाका प्रहरी सेमरीले नियन्त्रणमा लिएको छ ।

उक्त नियन्त्रण गरिएको मालसामान साइकल र मोटरसाइकलमा राखेर लैजादै गर्दा प्रहरीलाई देखेपछि सामान फालेर भागेका थिए ।

उक्त केराउ , अौषधी र खसी आवश्यक कारबाहीका लागी महेसपुर भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।

Related articles

नवलपरासीमा डिस्चार्ज भएका ७ जनामा पुनः क्राेना पाेजेटिभ

परासी, ५ असार । पश्चिम नवलपरासीमा डिस्चार्ज भएका ७ जनामा पुनः क्राेना पाेजेटिभ देखिएकाे छ । जिल्लाकाे पाल्हीनन्दन गाउँपालिका ४ स्थित पाल्ही स्वास्थय केन्द्रकाे अाइशाेलेशनबाट डिस्चार्ज भएका ९ जना मध्ये ७ जनामा पुनः क्राेना पाेजेटिभ देखिएकाे जिल्ला स्वास्थ्य कार्यालयले जनाएकाे छ । अाइशाेलेशनमा रहेका ति ७ जनालाइ लक्षण नदेखिएपछि उनीहरूलाइ विहिवार घर पठाइएकाे थियाे । […]

कोरोना प्रकोप : इटालीमा मृतकको संख्या २५ सय नाघ्यो, अमेरिकाका ५० वटै राज्यमा संक्रमण

एजेन्सी, वासिङ्टन, ५ चैत । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस(कोभिड–१९) चीनमा नियन्त्रणोन्मुख भइरहँदा युरोप र अमेरिकामा भने फैलिइरहेको छ । गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड–१९ अहिले विश्वका १६० भन्दा बढी देशमा फैलिइसकेको छ ।  अमेरिकाको सान डिएगोस्ठित एक औषधि कम्पनीको प्रयोशालामा कोभिड-१९ विरुद्धको भ्याक्सिन परीक्षण गर्दै तस्बिर : रोयटर्स बुधबार बिहानसम्म कोभिड–१९ को संक्रमणबाट […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *